टिकाराज उपाध्याय
कालिकोट जिल्लाको रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही पोषण, वडा न . ५ का वडा अध्यक्ष मन तिरुवा, ४ नम्बर वडा अध्यक्ष दिनेश संज्याल सहितको टोलिले आईतबार टाक्से_भिडछहडा_देउरा_क्षेत्तडी पाटन सम्म सडककाे सडक निर्माणको अनुगमन गरेकाछ।
स्थानीयवासीका गुनासा र विकासको प्रगतिलाई नजिकबाट बुझ्न अनुगमन गरिएको हो । सडक निर्माणको काम तिव्र गतिमा भैरहेको र यस्लाई ढिलासुस्ती नगरी समय सिमा भित्र सडक निमार्ण गरिसक्नुपर्ने नगर प्रमुख शाहीले निर्देशन समेत दिनुभयो ।
सडक निर्माणले स्थानीयको जनजीवनलाई सहज बनाउनेछ । देउरा_क्षेत्तडी_पाटन_त्रिवेणी_वडिमालिका सम्म जाने तिर्थालु भक्तजनको लागि पनि यातायातको पहुँच भएकाे छ। गुणस्तरीयता कायम गर्दै समयमै सम्पन्न गर्नु हामी सबैको दायित्व हो,”प्रमुख शाहीले भन्नुभयो । यो सडक देउरा–पाटन, क्षेत्तडी हुँदै वडिमालिकासम्मको पहुँच पुर्याउने लक्ष्यका साथ निर्माण भइरहेको र स्थानीय पूर्वाधार विकासको महत्वपूर्ण हिस्साको रुपमा रहेको समेत मानिन्छ ।
प्रविधिक टोलीका अनुसार अहिले सडक टाक्से, भिडछहडा, गडुलकोट, गुनिमारे हुँदै गडुलकाेट सम्म पुगेको छ। चाँडै सिप्टि हुँदै देउरा उदाउनीसम्म सडक विस्तार हुने बताएको छ ।
![]()
![]()
![]()
![]()