टिकाराज उपाध्याय
कालिकाेट – रास्कोट नगरपालिका र आसपासका जनतालाई सहज, सुलभ र नियमित रुपमा खाद्यान्न उपलब्ध गराउन रास्कोट नगरपालिकाको तर्फबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड(साबिक नेपाल खाद्य संस्थान)सँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता अनुसार केहि दिनभित्रमा रास्कोट नगरपालिकाको मुकाम आरसिपि बजारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारी व्यवस्थापन सहित आफ्नो कार्यालय स्थापना गरी खाद्यान्न(चामल, दाल, तेल, चिनी आदि) बिक्री कार्यको थालनी गर्नेछ । साथै कम्पनीले स्थानीय रैथाने बालीको खरिद समेत गर्नेछ । सम्झौताले स्थानीय जनताका लागि सुलभ मुल्यमा खाद्यान्न उपलब्ध हुनुका साथै स्थानीय रैथाने बालीहरुको उत्पादन र संरक्षणमा दीर्घकालीन रुपमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।भएकाे छ। रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पाेषण) , कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य लगायत समग्र बाट सम्झाैता भएकाे छ। एस सम्झाैतामा सहयाेग गर्नु हुने सम्पुर्ण लाई रास्काेट नगरपालिका नगर प्रमुख शाहीले धन्यवाद समेत दिनु एकाेछ।