रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पलाता गाउँपालिकामा कार्यान्वयन हुने पुर्वाधार क्षेत्रमा शहरी बिकास मन्त्रालयद्वारा बिनियोजित १० करोड बजेट कार्यान्वयनमा

चालु आ.व.को बजेट अन्तरगत कालिकोटको पलाता गाउँपालिकामा कार्यान्वयन हुने पुर्वाधार क्षेत्रमा बिनियोजित १० करोड बजेट कार्यान्वयनमा जाने भएको छ । संघीय आयोजनाहरु कार्यान्वयन को अन्तिम चरणमा रहेको संघीय सरकारका निवर्तमान भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री धन ब बुढाका स्वकीय सचिव मानसिह धामिले बताउनु भयो । बुढा, मन्त्री रहदा पलाताका लागि बिनियोजित बजेट कार्यान्वयन हुनेमा आशङ्का गरिएको थियो । नेपालका एक सरकारले तयार गरेको योजना रोड म्याप अर्को सरकार फेरीदा कार्यान्वयन नहुने , बिभिन्न बाहानामा कटौती हुने गरेकाले बजेट कार्यान्वयनको आशङ्का गरिएकोमा बजेट कार्यान्वयन सूरूवाति गरेकोमा धन्यवाद दिदै पूर्व मन्त्री बुढाका स्वकीय सचिव धामिले बताउनु भयो । उहाँले योजना कार्यान्वयनमा सहयोग पुर्याउन सम्पुर्ण पलाती जनतालाई जानकारी गराउँदछु भन्नु भएको छ ।
सामाजिक संञ्जालमा एक स्टाटस लेख्दै नेकपा एकिकृत समाजवादी निकट अनेरास्वबियुका स्थायी कमिटी सदस्य हर्क बहादुर बमले बजेट बिनियोजन हुदा कार्यान्वयन नहुनेभन्दै खिसिटयुरी गर्नेहरूका लागि भन्दै उनले कोही कसैले रोकेर यो यात्रा नरोकिने बताउनु भयो । उहाँ लेख्नु हुन्छ सकिन्छ पलाता बनाउन लागौं बिरोध गरेर मात्र पलाती जनताको पेटभरिने छैन सम्पुर्णलाई हेक्का होस उहाँले लेख्नु भएको छ ।हाम्राे मिसन र सपना पुरा भएको छ आजको दिन पलातामा युवाहरुलाई जस्तो काम गर्न सजिलो अरु कुनै पनि स्थानिय तहमा नभएको भन्दै गाउँपालिका अध्यक्ष आदरणीय अध्यक्ष लगाएत सबैलाई धन्यवाद दिनु भयो । काम गर्न खोज्ने युवाहरुलाई उच्चमनोबलका साथ सहयोग गरेको देख्दा गाउँपालिका अध्यक्ष बिष्णु ब रोकायाबाट धेरै आभारी भएको भन्दै धेरै कुरा सिक्ने अबसर पाएको बताउनु भयो । पलाता विकासका लागि तपाइले हामीलाई सहयोग गरे जस्तै राम्रो उदेश्य बोकेका युवाहरुले पलाताका लागि केही गर्न खोज्छन भने हजुरले हामीलाई जस्तै अरुलाई पनि खुला मनले सहयोग गर्नु हुनेछ भन्ने बिश्वास लिएको छु बमले लेख्नु भएको छ । समृद्व पलाता स्मार्ट पलाता बनाउन लागौं ।यी आयोजनामा पलाता भित्र कै निर्माण ब्यवसायीहरुले ठेक्का हालेर अझ गुणस्तरीय बनाउन तिर लागौं पलातीकै हित हुने छ अझ छिटो र चासो भएर काम हुने बिस्वास लिएको बमको भनाइ छ।
संघीय सरकारको ठूलो बजेट पलातामा
शहरी विकास मन्त्री धन ब बुढा भएको बेला उनका स्वकीय सचिव मनसिंह धामीले मन्त्रीसंगको समन्वयमा कर्णाली प्रदेशमै उत्कृष्ट बजेट १० करोड पलाता गाउपालिका बिभिन्न योजनामा केन्द्रित गरेको भन्दै गाउँसभामा पलाता सरकारले सहरी विकास मन्त्रीका स्वकीय सचिव धामी र युवा नेता हर्क बमलाई सम्मान समेत गरेको थियो ।
ति योजनाको काम सहरी विकास मन्त्रालय अन्तरगत स्थानिय विकास पुर्वाधार कार्यालय वीरेन्द्रनगर सुर्खेतले टेण्डर आव्हान गरे पछी खुसि हुदै पलाता सरकारका प्रमुख बिष्णु ब रोकायाले बजेट बिनियोजन गर्न सहयोग गर्ने मन्त्री युवाराजनिति कर्मी र कार्यान्वयन गर्न सहयोग गर्ने सरोकारवाला निकायलाइ धन्यवाद दिनु भयो ।
पहिलो चरणमा छ करोडको योजनाहरू टेण्डर आव्हान गरेको छ । रानीबिसौना-घोचाबाडा हुदै धौलागोह सडक निर्माण/स्तरवृद्धी सडक निर्माण योजना, पलाता३,जारकोट-राम्नाकोट सम्म सडक स्तरोन्नति, पचालझरना गा.पा., कालीकोट, मेहेल्ने-धनै तलसेरी कृषि सडकको निर्माण, पुलहा-धौलागोह-छलाहा हुदै खिन सडक निर्माण तथा स्तराेउन्नती पलता १ देखी ६ को सूचना अनुसार बोलपत्र आव्हान गरेको हो मेहेल्ने धनै हुदै तलसेरी कृषि सडक पनि बोलपत्र आव्हान गरेको हो ।
युवा नेता बमले अजै पलाता Smart City निर्माण र जाज रानिबिशौना नेपालकै अग्लो र लामो झोलंगेपुल निर्माणको काम बाकी रहेको र त्यो कार्यान्वयन गराउने अभियानमा लागेको भन्दै एकीकृत समाजवादी निकट बिद्यार्थी संगठनका स्थायी कमिटी सदस्य युवा नेता हर्क ब बमले पलाता रूपान्त्रण पलाताको एकताले मात्र हुने बताउनु भयो । पलातामा बजेट आउछ भने पालिका सरकारका तर्फवाट गर्ने सबै सहयोग गर्न तयार हुने सहज पालिका अध्यक्ष पलाताले पााएकैैले यो बजेट केन्द्रित गर्न सहयोग भएको हर्क नेता हर्क बमले पलाता सरकार प्रमुख बिष्णु रोकायाको प्रशंसा समेत गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !