टिकाराज उपाध्याय
कालिकोट । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को महिला केन्द्रीय सचिवालय सदस्यमा जनचेतना बहुमुखी क्याम्पस का स्ववियू अध्यक्ष पार्बती संज्याल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध निर्वाचित चयन भएकी छन् । संघठनको कर्णाली प्रदेशबाट सो पदको लागी कसैको उम्मेदवारी नपरेपछि उनि निर्विरोध चयन भएकी हुन । संज्याल शान्नीत्रिबेणी गाउँपालिकामा रहेको जनचेतना बहुमुखी क्याम्पसकी स्ववियू सभापति समेत रहेकी छन् । अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको सन्दर्भमा आउदो माघ १२ गते हुने चुनावका लागि मनोनयन दर्ताको प्रकृया टुङ्गी सकेको छ । प्रारम्भिक सूचिअनुसार ३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । संघठनमा ४८ सदस्यीय सचिवालय, १६२ जना केन्द्रीय सदस्य, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग रहने ब्यवस्था रहेको छ ।