रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेट नगरपालिकामा स्थानिय तह राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न। प्रथम कालशिल्ला मा.बि

खबर कर्णाली

कालिकोट- रास्काेट  स्थानिय तह राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रास्कोटको कालासिल्ला माध्यमिक विद्यालय गोर्खालिगाउँ प्रथम भएको छ ।बुधबार बडिमालिका माध्यमिक विद्यालयमा संचालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आज(विहबार) सम्पन्न भएको छ ।

जसमा कालासिल्ला मा.बि. गोर्खालिगाउँले १६ वटा गोल्ड मेडल सहित प्रथम भएको छ भने वडिमालिका मा.वि स्युनाले ६ वटा गोल्ड मेडल सहित दोस्रो स्थान हात पारेको छ ।त्यसै गरी मोतीराम मा.वि.सिप्खानाले ५ वटा गोल्ड मेडल सहित तृतिय स्थान र जनजागृति मा.वि .३ वटा गोल्डमेडल सहित सान्तना स्थान हांसिल गरेको छ । रास्कोट खेलकुद विकास समितिका अध्यक्ष गणेशविक्रम शाहीको अध्यक्षतामा शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रास्कोट नगर पालिकाका नगर प्रमुख धर्मराज शाही,उपप्रमुख मनिराज बरालले उद्धघाटन गरेका थिए । रास्कोट नगर प्रमुख धर्मराज शाहीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सान्त वातावरणमा सफल पारेकोमा शिक्षा शाखा र विद्यालय प्रशासन , प्रशिक्षक, लगाएत सबैलाई धन्यवाद दिएका छन ।
कालासिल्ला माध्यमिक विद्यालय गोर्खालगिाउँका प्रधानध्यापक देबराज चौलागाईले प्रथम स्थान हांसिल गरे पछि मेडल सहितका प्रमाण पत्र ग्रहण गर्दै खुशि व्यक्त गरेका छन । विगतमा पनि यस विद्यालयले खेल क्षेत्रमा उच्च प्रदसन गरेको बताउदै प्रधानध्यापक चौगााइले गएको वर्ष तेस्रो स्थान ल्याएको स्मरण गर्दै अथक प्रयासमा विद्यालयको मेहनतको फल प्राप्त भएको बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !