रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेट नगरपालिकाे कार्यपालिका बैठेक लेख बस्ति उदाउनी पाटनमा सम्पन्न।

कालिकाेट :टिकाराज उपाध्याय

कालिकाेट  : रास्काेट – पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ नगर कार्यपालिकाको बैठक उदाउनी पाटनमा सम्पन्न भएको छ।
रास्काेट नगरपालिकाले पर्यटकीय स्थलको प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले स्थानीय लेख बस्ति सार्वजिक जग्गालाई स्थानिय सरकार काे मातहतमा ल्याउने कार्यविधि पास गर्दै लेख बस्ति उदाउनी पाटनमा कार्यपालिकाको बैठक सम्पन्न गरेको हो।

नगरपालिकाको वडा नम्बर ४ मा रहेको देउरा मन्दिर , मलयागिरि पाटन ,र रास्काेट नगरपालिका काे पर्यटन क्षेत्रलाई पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गर्न कार्यपालिकाको
बैठक उदाउनी पाटनमा आयोजना गरिएको नगर प्रमुख धर्मराज शाही (पाेषण) ले बताउनु भएकाे छ। । नगर प्रमुख शाहीका अनुसार पूर्व निर्धारित कार्यपालिकाको निर्णय अनुसार उदाउनी पाटन क्षेत्रमा बैठकको आयोजना गरिएको हो।

 

पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना बोकेको उच्च क्षेत्रमा आएर महत्त्वपूर्ण निर्णयहरू गर्न पाउँदा सिङ्गो नगरपालिकाको टिम उत्साहित भएको र पर्यटन प्रवर्द्धन सम्बन्धी अध्यन गर्न पाउँदा आफू लगायत कर्मचारी सर्कल सबै खुसी भएको बताए।

यस्ता महत्त्वपूर्ण निर्णयहरू पारित गर्नका लागि नगरपालिकाको टिम लगायत स्थानीय युवा बुद्धिजीवी सबैको सहयोग भएको नगर उप प्रमुख मनिराज बरालले बताउनु भाे

कर्मचारी सर्कल खुसी भएको नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत खेमराज शाहीले बताए।
स्थानीय तह बनेपछि खुल्ला ठाउँ पर्यटकीय स्थलमा बैठकको आयोजना सँगै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाही छैटौँ तहबाट सातै तहका स्तर बृद्धी तथा, कृषि विका शाखामा कार्यरत ना. प्रा. स पदमा कार्यरत अनिल कुमार शाही प्रा स पदमा तह कायम भएको उपलक्ष्यमा खुसीयाली तथा भोजपान कार्यक्रम गरिएको छ।

रास्काेट नगरपालिकाले यो पहिलो पटक भएको रास्काेट नगरपालिको दाबी छ। बैठकको लागि कार्यपालिकाको बहुमत सदस्य, पालिकामा कार्यरत कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थितिमा१ दिनको यात्रा पश्चात् रास्काेट नगरपालिकाले महत्त्वपूर्ण निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न गरेको छ। त्यसका साथै स्वास्थ्य, शिक्षा र विकास निर्माण लगायतका विषयमा पनि महत्त्वपूर्ण निर्णयहरू पारित गरिएको नि प्रमुख प्रशासकिय अधिकृत ले जानकारि दिनु भएकाे छ।

तस्बिर  :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !