रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

बिभाजनवादी मानसिक्ता र फुटप्रस्त चिन्तनको पछी लागीदैन : महेन्द्र ब शाह

माओवादी ईतिहासमा आफु कुनै बेला कसैको गोटी भएर प्रयोग नभएको माओवादी केन्द्रका प्रभावशाली नेता कर्णालि प्रदेशका सह ईन्चार्ज महेन्द्र ब शाहीले बताउनु भयो । पार्टी भित्र आफुलाइ कसैको गुटमा फोटो राखेर सार्वजनिक गरेको भन्दै माओवादी पार्टी भित्र एउटै नेतृत्व जो प्रचण्ड निर्बिकल्प रहेकाले हालको दिनसम्म आफु प्रचण्डको नेतृत्व र माओवादी पार्टीमानि रहेको ब्यक्ति हो भन्दै सामाजिक सन्जालको दुनियामा कसैको फोटो कसैको गुटमा राखेर बदनाम गराउन खोजिएको बताउनु भयो । रेडियो प्रदेश आवाजसंग कुरा गर्दै कर्णालि प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका शाहीले आफूलाई पार्टी अध्यक्ष प्रचण्डबाट अलग गरेर हेडक्वाटरलाइ कम्जोर पार्ने सड्यन्त्रमा नलाग्ने नेता शाहिले बताउनु भयो ।
अनेरास्वबियु क्रान्तिकारीको निर्वाचन देखिनै पार्टीमा दुईधुर्व खडा भएको भन्दै बिधि प्रक्रिया र निति बाहिर बाट समस्या खोज्ने प्रबृति ठिक नभएको भन्दै आफुले पार्टी भित्र संस्थागत पार्टी बिरूद्व नलागेको बताउनु भयो ।
यसअघि अनेरास्वबियु क्रान्तिकारीको महाधिवेसनमा पार्टी अध्यक्ष दाहालको पक्षमा उभिएका शाहिले पछिल्लो चरण पार्टीका उपमहासचिव प्रभाकरसंग फोटो राखेर भ्रम पार्न खोजेको देखिएको शाहीको भनाइ छ ।
पुर्व उर्जा मन्त्री तथा कर्णालि प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका शाहीले पछि महाधिवेसनका जादा नेतृत्व फरक आउदा जो आउछ स्वीकार गरिन्छ बिचारको बहसलाइ पार्टी निर्माणको लागी माओवादी केन्द्रको हालको मुल नेतृत्व प्रचण्ड सफल रहेको भन्दै प्रचण्डको बिकल्प बिधि र निति भित्र खोज्नु पर्ने भन्दै भातृसंगठन र मोर्चामा बिकल्प खोज्ने कुराले पार्टी र आन्दोलनलाइ हित नगर्ने बताउनु भयो । कसैको अभिष्ट पुरा गर्ने अभियानमा सहभागी नहुने बताउनु भयो । आफू पार्टी एकताको पक्षमा रहेको उहाको भनाई छ।
मुल पार्टी बाट फुट्न र जुट्न कोहि पनि राजनितिक पार्टी नेता बाकि नरहेकाले उनिहरूको ईतिहास हेर्दा फुटेर जानेहरूले ओैचित्य पुष्टी गर्न नसकेको अबस्थामा आफु पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको पक्षमा उभिने बताएका शाहीले बताउनु भयो ।
भर्खरै माओवादी पदाधिकारी बैठकले नेताहरूको कार्यबिभाजन पछि कर्णालि प्रदेशको सह ईन्जार्चको जिम्मेवारी पाएका शाहीले ओलीलाइ रिजाउन पुर्व माओवादी नेता राम बहादुर थापाले माओवादी आन्दोलनलाइ अपहेलना गर्ने अभिब्क्ति दिनु गलत हुने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !