रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

संस्थागत क्षमता स्वमूल्यांकनमा रास्कोट नगरपालिका जिल्लाको पहिलो र प्रदेशको दोस्रो

स्थानीय तहलाई सेवाग्राहीमैत्री, जनउत्तरदायी, वित्तीय पारदर्शिता तथा सामाजिक सुशासनमा अब्बल राख्दै समावेशी र परिष्कृत बनाउने उद्देश्यले सरकारले स्वमूल्यांकन गर्ने प्रावधान अघि सारेको छ। जस अनुसार यस वर्षको लिजामा कालिकोटको रास्कोट नगरपालिका लिजामा कर्णालिको दोस्रो र कालिकोटको पहिलो भएको छ ।
स्थानीय तहमा अत्यधिक स्वेच्छाचारिता बढ्नुका साथै वित्तीय अनुशासनहीनता मौलाएर भ्रष्टीकरणले चरमसीमा नाघ्­न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्यांकनको अवधारणा कार्यान्वयनमा ल्याएको हो।
जसअनुसार ‘संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७’ बनाएर सरकारले बर्सेनि स्थानीय तह, प्रदेश हुँदै संघीय मन्त्रालयमार्फत मूल्यांकन गर्दै आएको छ।
एक सय सुचक तयार गरेर फरकफरक विषयक्षेत्र बनाई अंकभार तोक्दै मन्त्रालयले ‘स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकन (लिजा)’ कायम गरेको छ भने आर्थिक पक्षलाई सबल बनाउन ‘स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)’ विधि बनाएको छ। ती दुवै मापनका आधारबाट वर्षेनी अघिल्लो आर्थिक वर्षमा भएका समग्र गतिविधिको मूल्यांकन गर्ने र अनुदान प्रोत्साहान दिने गरेको छ।
कालिकोट /जिल्लाको रास्कोट नगरपालिकाले संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा कर्णाली प्रदेशभर दोस्रो स्थान र जिल्लामा पहिलो स्थान हासिल गरेकोमा नगर प्रमख धर्मराज शाहीले सामाजिक सन्जाल मार्फत आफुलाइ सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका छन । यस सफलताले रास्कोट नगरपालिका प्रशासनको समर्पण र निरन्तर मेहनतलाई प्रमाणित गरेको नगर प्रमुुख धर्मराज शाहिले बताए ।
नगर प्रमुख धर्मराज शाहीले यो सफलता सम्पूर्ण नगरवासीहरूको योगदान र नगर प्रशासनको दृढ संकल्पको परिणाम भएको बताउँदै “हाम्रो निरन्तर प्रयास र सबैको सक्रिय सहभागिताले यो सफलता सम्भव बनाएको बताए । भविष्यमा थप प्रगति गर्ने गरि काम अगाडी बढाउने प्रतिबद्वता गरेका छन ।
उपलब्धिले रास्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखा प्रमुखहरू, सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूको समर्पण र कडा मेहनतलाई सम्मानित गरेको छ। हामी सबै मिलेर अझ प्रभावकारी सेवा र समृद्धिको लागि अघि बढ्नेछौं।”रास्कोट नगरपालिकाले आगामी दिनहरूमा शहरी विकास, शैक्षिक सुधार र सामाजिक समावेशीतामा थप योगदान पुर्याउने लक्ष्य राखेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !