राष्ट्रिय परीक्षा बोर्डले आउदो चैत ७ गतेदेखि सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसइई) को परिक्षाका लागी जिल्ला स्तरमा गर्ने तयारीको जिम्मा पाएको जिल्ला स्थित जिल्ला शिक्षा समन्वय ईकाइ बिवादमा तानिएको छ । जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख लाल प्रसाद पोख्रेलको प्रस्तावमा कतिपय पालिकामा १ मात्र परिक्षा केन्द्र रहने गरि परिक्षा केन्द्र कटौति गरेर रास्ट्रिय परिक्षा बोडमा सिफारीस गरेको कुरा बाहीरीए पछी शिक्षा समिति र समन्वय ईकाइ प्रमुख बिवादमा तानिएका हुन । परिक्षा ब्यवस्थापन गर्ने जिम्मेवारी समन्वय ईकाइको भए पनि माध्यामिकतह सम्मको शिक्षाको सबै जिम्मा स्थानिय पालिका सरकारको हुने ब्यवस्था छ । उनिहरूको सरसल्हा र सिफारीसलाइ लत्याउदै केन्द्र कटौति गरि सिफारीस गरे पछि सरोकारवाला सर्बत्र बिरोध गर्न थमलेका छन । केन्द्र कटौति गरेको भन्दै जिल्ला शिक्षा समितिका सभापति समेत रहेका जिल्ला समन्वय प्रमुख धनजित बहादुर शाही र शिक्षा समन्वय ईकाइ प्रमुख लाल प्रसाद प्रोखेलको सर्वत्र बिरोध हुन थालेको छ । शिक्षा समन्वय ईकामा गत माघ २३ गते समन्वय प्रमुख धनजित बहादुर शाहिको अध्यक्षतामा बसेको बैठकमा शिक्षा समन्वय ईकाइ प्रमुख रहेका लाल प्रसाद पोखरेलको प्रस्तावमा बिगत बर्ष देखि जिल्लामा रहेका २३ वटा एसईई परिक्षा केन्द्र कटौति गरेर १३ कायम गर्ने निर्णय बिरूद्व जिल्लाका सरोकारवाला बिरोध गर्न थालेका छन । यस वर्षको एसइई परीक्षाका लागि भन्दै जिल्लामा २३ वटा बाट घटाएर १३ कायम गर्ने निर्णय परीक्षा बोर्डमा स्वीकृतका लागी पठाएको बुझिएको छ । परीक्षा केन्द्र निर्धारणमा असन्तुस्टी जनाउदै नरहरीनाथ गाउपालिका उपाध्यक्ष लगाएत सरोकारवालले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छलफल गरि ध्यानआकर्षण समेत गरेका छन । यो निर्णय बिरूद्व नरहरीनाथका उपाध्यक्ष तथा माओवादी नेता कमल शाहा आक्रामक बनेका छन । उनले परिक्षा केन्द्र पुनर बिचार नगरे अदालत जाने सोच बनाएको उपाध्यक्ष शाहाले चेतावनि दिएका छन । नरहरीनाथमा कोटबाडा र रमा माबिमा गरि दुईवटा केन्द्र कायम राखेर लालु माल्कोटको भुगोलमा रहेको रातिमाटा केन्द्र र रूप्सामा रहेको परिक्षा केन्द्र कटौति गरेको पाईएको छ । त्यहाका नागरीकहरू आन्दोलित बनेका छन । त्यसको बिरूद्वमा बिद्यार्थि र अबिभावकद्वारा ब्यापक बिरोध भए पछि निर्णय सच्याउन जिल्ला शिक्षा समिति र ईकाइ प्रमुख दुबैलाइ प्रमुख जिल्ला अधिकारीसमेतको रोहबरमा भेटेर अनुरोध गर्दा नमाने पछि उपाध्यक्ष शाहा आक्रामक बनेको कांग्रेस युवा नेता सबिन कुमार बिष्टले बताए ।
साबिक रूप्साबाट रमा आएर बिद्यार्थि परिक्षा अवधिभर बास बस्नु पर्छ । लालु र माल्कोटको उछ्छव बस्तिबाट बिद्यार्थी पनि बिद्यार्थि सातै दिन डेरा बनाएर परिक्षा दिनु पर्ने बनेको छ । निर्णय नसचिए बिद्यार्थि लिएर जिल्ला शिक्षा समन्वयमा बुझाउने नरहरिनाथको लालुमा रहेको जनप्रभात माबिका निर्मल बिष्टले बताए ।
यता भौगोलिक हिसावले कठिन मानिएको पचालझरना गाउपालिकामा समेत सरस्वति माबि भिटामा १ मात्र परिक्षा केन्द्र सिफारीस भएको कुरा बाहीरीए पछि त्यहा शैक्षिक सरोकारवाला पनि निर्णय सच्याउन आग्रह गर्दै समन्वय ईकाइ धाउन थालेका छन । पचालझरना भोैगोलिक दृष्टीले जिल्लाकै ठुलो भुगोल रहेको साबिक बदालकोट देखि बाजकोट र नानिकोटका सबै बिद्यालय एकै ठाउमा जम्मा गर्दा थेक्न नसकिने जनाइन्छ ।। बस्न समेत समस्या हुने राम्नाकोटमा रहेको ज्ञानोदय माबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माओवादी नेता खड्गराज सेजुवाले बताए । त्यहा सरोकारवालाले पनि निर्णय सच्याउन समन्वय ईकाइ प्रमुख लाइ अनुरोध गरेका छन । नसच्चिय त्यसवाट आउने परिणाामको जिम्मेवारी शिक्षा समितिले लिनु पर्ने कांग्रेस नेता पटक ब शाहीले बताए । यता सान्नि त्रिबेणी गाउपालिकामा मुम्रा देखी कोटबाडा सम्म फैलिएको पालिका हो त्यहा पनिपालिका केन्द्र रहेको पन्चदेवल माध्यामिक बिद्यालयमा मात्र केन्द्र कायम राखेर संकर माबि सेरीज्युलामा रहेको परिक्षा केन्द्र कटौति गरेको छ । पलातामा बिकट क्षेत्र खिन र खेतगोडेका बिद्यार्थि थिर्पु र सरस्वति माबि राडुनेटा केन्द्रित गर्ने निर्णय अस्वभाबिक देखिन्छ । कालिकोट सदरमुकाम रहेको खाडाचक्रमै पनि ब्यापक बिरोध हुन थालेको छ । शिक्षा समिति सदस्य समेत रहेका एमाले कालिकोट अध्यक्ष तुलाराज मल्लकै गाउ पाखामा रहेको परिक्षा केन्द्र र पिलि परिक्षा केन्द्र काटेर दाहा र पन्चदेव माबि मान्ममा केन्द्रित गरिएको निर्णय गलत भएको कानुनका जानकार एकिकृत समाजवादीका कर्णालि प्रदेशका नेता लाल बहादुर मल्लले बताए ।
चैत ७ गतेदेखि सुरु हुने एसइई परिक्षामामा भौगोलिक कठिनाइ र बिद्यार्थिको न्युनतम सुबिधाको ध्यान नदिएरै गरिएको निर्णय नमान्ने कतिपय स्थानिय तह प्रमुखहरूको समेत भनाइ छ ।
परिक्षाका लागि बोर्डले बिद्यार्थि संख्याका आधारमा परीक्षा केन्द्र निर्धारण गर्ने प्रावधान रहेको छ ।
परीक्षाका लागि बोर्डले तय गरेको निर्देशिका अनुसार एउटा परीक्षा केन्द्रमा कम्तिमा हिमालि जिल्लामा १५० जना पहाडी जिल्लामा २५० जना बिद्यार्यी आबश्यक हुन्छ तराइ तथा भित्री मधेसका सुबिधा हुने क्षेत्रमा ४ सय भन्दा बढी माथि परिक्षार्थि हुने ब्यवस्था छ । तर त्यसको समेत कुनै हेक्का नराखि गरिएको निर्णय सच्याउन सरोकारवालाले आग्र गरेका छन ।
आगामि चैत ७ देखि सुरू हुने माध्यामिक शिक्षा परिक्षा एसइई को सन्चालन गर्न रास्ट्रिय परिक्षा बोर्डले गरेको निर्देशन बेगर कालिकोट जिल्ला समन्वय प्रमुख धनजित बहादुर शाहिको अध्ययतामा रहेको शिक्षा समिति र शिक्षा समन्वय ईकाइ प्रमुख लाल प्रसाद सरले कालिकोटको भौगोलिक अवस्थालाइ ढाट्दै पलाता, पचालझरना र नरहरिनाथ खाडाचक्र जस्ता पालिकाको सहमति बेगर बिकटतालाइ मध्यनजर नगरि २३ वटा केन्द्रलाइ कटौति गरेर १३ मात्र राख्ने सिफारिस गरेको कुरा बाहिरीएको छ । उहाहरूले जिल्लाका बिद्यार्थिले पाएको सुबिधा कटौति गर्नुको कारण के हो भन्न मान्नु भा त छैन तर अब जनताले जवाफ माग्ने छन । सुनेको गुणस्तर कायमक गर्न , बिद्यार्थि सख्या , पालिकाको स्वीकार युक्ति ? बिद्यार्थि संख्या निर्देसिका अनुसार हामि कहा १५० संख्या भए केन्द्र कायम हुन्छ अनि कुन पालिकामा ५०० भन्दा कम होलान ? अब पचालझरनाको १ मात्र उदाहरण परिक्षा हुने केन्द्र सरस्वति माबि भिटामा पालिकाका कम्तिमा ५०० मात्र बिद्यार्थि छन भने उनिहरूको गार्जेन र बिद्यार्थि गर्दा १००० हजार मानिसको बसोबास , खानपिन का कसरी गर्ने केही ध्यान छ ? यो सोच्न लाएक बिषय छ । त्यस कारण लाटोको देशमा गाडो तन्नेरी हुनुमा केही छैन तर आसा छ कालिकोट बासी जव जाग्छन तव हाम्रा पटक पटकका अनुरोध स्वीकार गर्नु हुन्छ ।
माघ २३ गतेको शिक्षा समिति बैठको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी नेतृत्वको तिन सदस्यीय समितिले परिक्षा केन्द्र र केन्द्रा अध्यक्ष समेत तोकेर सिफारीस गरिसकेको छ । तर २३ गतेको बैठकका निर्णय पछि निर्णय को जिम्मेवारी लिनुको सट्टा नागरिकमा दुसभ्रम छर्ने प्रयास गरेको पाईएको छ । त्यहा बैठकमा पालिकाबाट सहभागी रहेका शिक्षा साखा प्रमुखहरूले पालिकाबाट निर्णय गरि पठाउछौ भनेेर भनेको तर निर्णय नबुझि सिफारीस गरेको पाईएको छ ।
केन्द्र कटौति गर्नुको कारण बुझ्दा फरक फरक मनैगडन्ते जवाफ दिने गरेको पाइन्छ । कसैलाइ बिद्यायार्थि संख्याका आधारमा ,कसैलाइ गुणस्तरिय शिक्षा कायम गर्न , कसैलाइ मानिदिनुहोस ,कसैलाइ त यतिसम्म पछिल्लो वर्ष तपाइकहा गरौला यसरी जवाफ दिएको पाइन्छ ।
भौगोलिक दृष्टीले परीक्षा केन्द्रमा पालिकाका सबै क्षेत्रबाट घरबाटै गएर परिक्षा दिएर घर फर्किन सक्ने रास्कोट मात्रै हो तर अरू सबै पालिकामा परिक्षा केन्द्र कटौति गर्नु परिक्षा बोर्डको परिक्षा सम्बन्धी निर्देशन अर्थात २०८१/ १०/२ को पत्रको ६ नं बुदामा पहिलो परिक्षार्थिको सुबिधा ख्याल गर्नु र त्यसका अलवा निस्पक्षयता ,मर्यादित र सुरक्षा सन्चालनमा सहजता हेर्नु भनि भनेको छ । तर कालिकोट शिक्षा समितिले निर्देशन लत्याउदै केन्द्र कटौति गरे पछि यस वर्षको एसइई परिक्षा दिने बिद्यार्थिका समस्या थपीएका छन ।