रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

नयाँ विकास मोडेल, ‘प्रोजेक्ट बेसमा प्रशिक्षण गर्दै सरकार , पार्टी र जनताबिचको सम्बन्ध सुदृढ गर्दै माओवादी केन्द्र कालिकोट

  1.       सत्ता प्रतिपक्षीदल नेकपा काओवादी केन्द्र कालिकोटले सदरमुकाममा नया मोडेलको प्रशिक्षण तथा समिक्षा कार्यक्रम सुरू गरेको छ । दुइ दिने पार्टीको समिक्षा तथा प्रशिक्षण कार्यक्रममा सदरमुकामको जिल्ला समन्वय समिति कालिकोटको शभाहलमा सुरू भएको छ । माओवादि केन्द्रले स्थानिय सरकार प्रमुख ,उपप्रमुख , वडा अध्यक्ष सदस्य र पार्टीका वडाका अध्यक्ष र प्रदेश कमिटी सदस्य जिल्ला समन्वय समितिका सदस्य र पार्टीवाट निर्वाचित सबैतहका जनप्रतिनिधि सहभागि गराई प्रशिक्षण सुरू गरेको हो ।
    दुइदिने वर्कसपमा पहिलो दिन स्थानियतहदलका प्रमुखहरूले आआफ्नो स्थानियतहमा भएगरेका सकारात्मक कामहरूको प्रस्तुत गरेका छन । महावै गाउपालिका अध्यक्ष खेम बहादुर सिह ,तिलागुफानगरका तहदल प्रमुख मुन बहादुर थापा ( मुनाल ),खाडाँचक्र नगरका उपप्रमुख तथा गणेश बहादुर शाही आकास रिपोटले प्रस्तुत गर्नु भयो ।
    खाडाचक्रको रिपोट माथि सहभागिका तर्फवाट देउसिङ बिक , भिम बराल , भानु प्रभात पाण्डे र जगेन्द्र प्रसाद आचार्यले आफ्नो भनाइ राखेका थिय ।
    सहकारी मोडेललाइ स्थानिय सरकारले अंगिकार गर्न नसकेको , उत्पादन , आत्म निरभर हुन नसकेको बताउनु भयो । उनिहरूले माओवादी नेताहरूले नेतृत्व गरेको सरकार पुर्ण पारदर्शी र शुसासनमुखि हुनु पर्ने बताउनु भयो । सार्वजनिक सुनुवाइ हुदैन किन जस्ता प्रश्न गरे । सम्बन्धित पालिकाको रिपोटमा सोहि पालिकाका सहभागिवाट सन्तुुष्टी सर्बेक्षणका लागी सुजाव लिने काम गर्न टिपोट प्रतिवेदन समिति समेत तय गरीएको छ ।
    नरहरीनाथ गाउपाालिका तहदलका नेता कमल शाहा, सान्नित्रिवेणीका अध्यक्ष मोहन केसि , रास्कोट नगरका मेयर धर्मराज शाही , पचालझरना गाउपालिका अध्यक्ष देबराज शाही अग्निले पालिकाको रिपोट पेस गरेबा थिय ।
    प्रोजेक्ट सलाइट मार्फत बिभिन्न बिषयमा माओवादी नेताहरू कर्णालि प्रदेशका ईन्चार्ज कालि बहादुर मल्ल , प्रदेश सहईन्चार्ज महेन्द्र बहादुर शाहिले आफ्ना तोिकएका बिषयमा प्रशिक्षण गरेका छन । धनजित शाही र जिवन बुढाले बैठकमा आफ्नो भनाइ राखेका छन ।
    कर्णालि प्रदेेश पार्टी अध्यक्ष बिमला केसी, दुर्ग बहादुर रावतले अभिमुखिकरणका बिषयबस्तु राखेका छन ।दोस्रो दिन स्थानिय शाषन बिज्ञ आर.सी लामिछाने , अधिबक्ता उमाकान्त न्यौपानेले फरक फरक बिषय बस्तुमा प्रशिक्षण अभिमुखिकरण गर्ने छन .
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !