रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

आफ्नो उम्मेदारी पदका लागी नभई परिवर्तनका लागी भएको त्रिचन्द्र क्याक्पसका स्वबियु सदस्यका उमेद्वार सदिक्षा सेजुवालको भनाई

       ६२/०६३ को परिवर्तन पछि पनि ६४ /६५ साल सम्म पनि कर्णालिका धेरै गाउबस्तिमा झाडापखाला महामारी फैलिन्थ्यो र दर्जनौ गाउका मानिस उपचार नपाएर मर्थे । त्यसरीनै सुत्केरी ब्यथाले छटपटीएर महिला अकालमै ज्यान गुमाउथिन त्यहि शिलशिलामा ३ बर्षकै उमेरमा आमाको काख छाडेर बाबुको काखमा हुर्केका पचाँलझरना गाउपालिका ४ का खड्गराज सेजुवाल बिस्व प्रकाश सानै उमेरमा तत्कालिन राज्यब्यवस्था बिरूद्व कलम उठाएका हाल माओवादी राजनितिकका उदयमान नेता हुन । उनकी धर्मपत्नि अल्किना बम पनि पचालझरना गाउपालिकाको उपाध्यक्ष बहाल रहेकी छन । हुने बिरूवाको चिल्लोपात भनेझै छोरी १८ बर्षीया सदिक्षा सेजुवाल कर्णालीको कालिकोट त्यशैमा पलाता जस्तो भौगोलिक क्षेत्रमा जन्मेर उच्चशिक्षा हासिल गर्न राजधानि छिरेकी सेजुवाल ५ गते हुने स्वबियु निर्वाचनमा राजधानिको त्रिचन्द्र क्याम्पसमा स्वबियु सदस्यमा उम्मेद्वार बनेकी छन । कर्णालिको माटोमा हुर्केकी सदिक्षा संघर्षको बाटो अगालेकी छन । हिँडेर, सदिक्षा सेजुवाल आज त्रिचन्द्र क्याम्पसमा परिवर्तनको ज्योति बाल्न अघि बढेकी बताउछिन । आफ्नो उम्मेदारी केवल पदको लागि मात्र नभई न्याय, समानता, र विद्यार्थी अधिकारको लडाइँ भएको बताईन । उनले भनेकि छन ,क्याम्पसमा स्वबियु नहुदा बिकट क्षेत्रबाट राजधानि छिरेका बिद्यार्थिको समस्या सामाधानको पहल गर्ने बताएकि छन ।
अखिल क्रान्तिकारीको तर्फवाट सदस्य उम्मेद्वार बनेकी सेजुवालले जिते महिला सशक्तिकरणलाई नयाँ उचाइमा पुर्‍याउन योगदान गर्ने लक्ष्य लिएको बताईन ।
बिज्ञान बिषयमा अध्यनरत सदिक्षाले क्याम्पसको पारदर्शी शिक्षा प्रणालीकालागी र भ्रष्टाचारमुक्त, विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता रहेको छ । विद्यार्थी अधिकारको संरक्षणका लागि: हाम्रा हकहितको रक्षा गर्दै, सबैका लागि समान अवसर सुनिश्चित गर्न उनी दृढ छन्।
हिजो हामीलाई पछाडि पार्नेहरूले आज पनि अगाडि बढ्न रोक्न खोजिरहेका छन्। तर अब समय आएको छ, शिक्षित महिला नेतृत्वलाई बलियो बनाउने भन्दै उनले आफ्नो पहिलो राजनितिक पाइला भएकाले आफ्नो उम्मेदारीलाइ मतदाताले रोज्ने दाबि गरेकी छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !