टिकाराज उपाध्याय( आफन्त) कालिकाेट
कालिकाेट : रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाहीले SEE परीक्षा केन्द्रहरूको अनुगमन गर्नु भएकाे छ।
रास्काेटमा संचालित दुई वटा मा. बि , बडिमालिका माध्यमिक विद्यालय, माेतिराम मावि विद्यालयमा पुगेर परीक्षा व्यवस्थापनको अवस्थाबारे जानकारी तथा अनुगम गर्नु भएकाे छ।
नगरपालिकामा आज देखि सुरु भएकाे SEEपरीक्षा चैत्र १६गतेसम्म सञ्चालन हुनेछ । SEE परीक्षाका लागि नगरपालिकाका ४ बिद्यालयका ३सय ४ जना बिद्यार्थी सहभागी रहेका
परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न अभिभावक, विद्यालय प्रशासन र सुरक्षाकर्मीबीच समन्वय गरिएको नगर प्रमुख शाहीले बताउनु भएकाे छ। उनले विद्यार्थीहरूलाई निर्धक्करुपमा परीक्षा दिन समेत आग्रह गर्नु भएकाे छ। उक्त अनुगमनमा नगर प्रमुख ,नगर उप प्रमुख , प्रमुख प्रशासकिय अधिकृत , शिक्षा शाखा प्रमुख ,ज्यू लगाएत सहभागितामा अनुगम गरिएको शिक्षा शाखा प्रमुख शाहिले बताउनु भएकाेछ।
परीक्षाको मर्यादा कायम राख्नका लागि विशेष अनुगमन टोली खटाइएको छ।
अनुगमनका तस्बिर: