टिकाराज उपाध्याय( आफन्त) कालिकाेट
कर्णाली प्रदेश स्कि संघको आयोजना र रास्कोट नगरपालिकाको समन्वयमा खेल प्रशिक्षक मनराज सिम्खाडाको उपस्थितिमा तीन दिने स्कि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षक सिम्खाडाले सहभागीहरूलाई स्कि खेलका आधारभूत तथा प्राविधिक सीपहरू सिकाएका छन् । साथै रास्कोट नगरपालिका नगरप्रमुख धर्मराज शाही पोषण ले आगामी वर्षमा यो प्रशिक्षणलाई थप व्यवस्थित गर्दै आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य राखिएको समेत बताउनु भएको छ ।
प्रशिक्षणमा जनप्रतिनिधी,विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधी,वडा अध्यक्ष,स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । जसले भविष्यमा कर्णालीलाई स्कि खेल पर्यटनको केन्द्र बनाउने सम्भावना समेत गरेको छ । समापनका अवसरमा आयोजक र स्थानीय निकायबीच स्कि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दियिने छ।