टिकाराज उपाध्याय(आफन्त) कालिकाेट
कालिकाेट- रास्काेट नगरपालिकामा नाै महिनामा ४५ लाख बढि राजश्व संकलन, अनलाईन राजश्व मोड्युल (Revenue Module) र केन्दिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नगर प्रमुख धर्मराज शाही,(पाेषण)नगर उप प्रमुख मनिराज बराल, सम्पूर्ण वडा अध्यक्ष ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत जवान सिह बम र १ देखी ९ नं वडा का वडा सचिव कृषि शाखा, पशुपन्छी विकास शाखाका कर्मचारीहरुको उपस्थितिमा फागुन समान्त सम्मको राजश्वको प्रगति विवरणको बारेमा छलफल गरिएकाे छ ।
उक्त कार्यक्रममा बाेल्दै नगर प्रमुख शाहीले राजश्व संकलनलाई वार्षिक लक्ष्य अनुरुप संकलन गर्न समेत सुझाव तथा निर्देशन दिनु भएकाे छ। यशै क्रममा नगर उप प्रमुख मनिराज बराल ज्यूले सम्पूर्ण वडा कार्यालय र अन्य शाखाहरुलाई राजश्व लाई ब्यावस्तिथ बनाउन निर्देशन दिनुभएको छ र केन्दिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीलाई पनि तत्काल कार्यान्वयनमा ल्याई नागरिकको सेवा प्रवाहलाई सहज बनाउन पनि निर्देशित दिनु भएकाे छ।
यसका साथै राजश्व शाखा प्रमुख डम्वर महराले राजश्व पोर्टल (Revenue Module) सम्बन्धी तालिम दिनुभएको थियो भने त्यसै सूचना प्रविधि अधिकृत भिम बहादुर बुढाले केन्दिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS)त्रुटीरहित अनलाईन (ONLINE) नागरिकताको सिफारिस सम्बन्धी वडा सचिव तथा वडा अध्यक्ष ज्यूहरुलाई तालिम दिनुका साथै अन्य सेवाहरुका बारेमा पनि जानकारी दिनुएकाे छ।
आ.व २०८१।०८२ फागुन मसान्तसम्मको राजश्वको विवरण तपशिल बमोजिम रहेको छ ।
राजश्व संकलन गर्ने कार्यालय अनुसार
राजश्व संकलन गर्ने कार्यालय अनुसार रकम (रु.)
रास्कोट नगरपालिकाको कार्यालयः
कृषि विकास शाखा ३४३०२
पशुपन्छि विकास शाखा १५६१०
उद्मम विकास शाखा १७ ३५०
रास्कोट नगरपालिका,१ नं. वडा कार्यालय, कालीकोट ८८५७६
रास्कोट नगरपालिका ३ नं. वडा कार्यालय कालीकोटः ५५०६६.४५
रास्कोट नगरपालिका ५ नं. वडा कार्यालय कालीकोटः ७६७७२
रास्कोट नगरपालिका ७ न. वडा कार्यालय कालीकोटः ५७१४८
रास्कोट नगरपालिका ९ नं. वडा कार्यालय कालीकोटः ३७२७९
रास्कोट नगरपालिका,२ नं. वडा कार्यालय, कालीकोट १०२६७६
रास्कोट नगरपालिका ४ नं. वडा कार्यालय कालीकोटः ५६४८७
रास्कोट नगरपालिका ६ न. वडा कार्यालय कालीकोटः १२१७१८
रास्कोट नगरपालिका ८ नं. वडा कार्यालय कालीकोटः ४७६६२
रास्कोट नगरपालिका ९ नं. वडा कार्यालय कालीकोट ३७२७९
शान्तीघाट राजश्व संकलन केन्द्र तथा बजार सटर भाडाबाटः ४,१०,०००।-
रास्कोट नगर अस्पताल २७६२३४५
कुल फागुन मसान्त सम्म ४५ लाख ७३ हजार १ सय ९८ रुपैया राजश्व संकलग भएकाे राजश्व शाखा प्रमुख डम्वर महराले बताउनु भएकाे छ।