टिकाराज उपाध्याय( आफन्त): कालिकाेट
कालिकोट, ११ चैत्र । प्रविधिको तीव्र विकाससँगै कालिकोटको रास्काेट नगरपालिकामा अब अनलाइनमार्फत नागरिकता सिफारिसको प्रक्रिया थालनी गरिएको छ। विगतमा हस्तलिखित सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय धाउने सेवाग्राहीहरू अब अनलाइन फारम भरेर नागरिकता प्राप्त गर्न सक्ने भएका छन्।
गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा सञ्चालनमा ल्याइएको हो। कालिकोट जिल्लाका ९ स्थानीय तहमध्ये हालसम्म रास्कोट नगरपालिका र अर्काे नरहरिनाथ गाउँपालिकामा यो प्रक्रिया लागू भइसकेको छ। विशेषगरी, रास्काेट नगरपालिकाको वडा नम्बर १देखि९ सम्मका वडा हरुमा यसको प्रभावकारी कार्यान्वयन सुरु गरिएकाे छ।
रास्काेट नगरपालिका सुचना प्रविधि शाखा अधिकृत भिम बुढाका अनुसार, गृह मन्त्रालयमार्फत आवश्यक तालिम लिएर सबै वडामा यो प्रणाली अनिवार्यरूपमा लागू गर्न परिपत्र भइसकेको र गत माघ बाट सुरु गर्नु पर्ने भएका पनि बिभित कारणले ढिलाई भएकाे थियाे अब नयाँ प्रणालीले सेवाग्राहीलाई समयको बचत, खर्चमा कमी, र सहज पहुँच प्रदान गरेको छ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जवान सिंह वमका अनुसार, निवेदकको विवरण प्रविष्ट गरेपछि प्रर्णाली आफैंले सिफारिस तयार गर्छ। त्यसपछि वडा अध्यक्षको हस्ताक्षर र छाप लगाएपछि प्रमाणित सिफारिस प्रणालीमा अपलोड गरिन्छ।
नगरपालिका नगर प्रमुख धर्मराज शाही(पाेषण)ले यो प्रविधिले नागरिकलाई अत्यधिक सुविधा प्रदान गरेको बताए। उनले भने, “पहिले कागजात अपूर्ण भएर प्रशासन कार्यालयबाट फर्किनुपर्ने समस्या थियो, तर अब कुनै सेवाग्राही खाली हात फर्किनु पर्ने अवस्था छैन।”
नगरपालिकामा आजबाट रास्काेट नगरपालिका वडा २काे कार्यालय बाट वडा सचिव तुलराज संज्याल ,वडा अध्यक्ष ध्रुव सिम्खाडा द्वारा सेवा दिन सुरु गरिएकाे छ। क्रमस सबै वडा बाट सुरु गर्ने सुचना अधिकारी बुढाले बताउनु भएकाे छ।
जनाले अनलाइनमार्फत नयाँ नागरिकता लिइसकेका छन्। विशेष गरी, वडा कार्यालयबाट प्रदान गरिने सिफारिस अब डिजिटल प्रणालीमार्फत सहज रूपमा तयार गर्न सकिने भएको छ।
तर, प्रतिलिपि नागरिकताको लागि भने अझै अनलाइन प्रणाली लागू भइसकेको छैन। यो विषयमा गृह मन्त्रालयबाट थप निर्देशनको प्रतीक्षा गरिएको सुचना प्रविधि शाखा बुढाले जनाएका छ।
कालिकोट जिल्लामा प्रविधिसँगै सरकारी सेवाहरू सहज बनाउने यो प्रयास एक ऐतिहासिक फड्को सावित भएको छ।