रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकाेटकाे नरहरिनाथमा बृहत् स्वास्थ्य शिविर सुरू

टिकाराज उपाध्याय (आफन्त) : कालिकाेट

कालीकाेट~नरहरिनाथ गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरिएको छ। नरहरिनाथ गाउँपालिकाको आयोजना र एक एक पाईला फाउन्डेसन, राप्ती आँखा अस्पतालकाे प्राविधिक सहयोगमा शिविरकाे आयाेजना गरिएको छ।
बृहत् स्वास्थ्य शिविर नरहरिनाथमा ३ दिनसम्म संचालन हुने छ । शिविरमा नरहरिनाथ गाउपालिमा र अन्य छिमेकी गाउपालिकाका स्थानियले सेवा लिने  अपेक्षा लिईएकाे छ । शिविरमा स्त्री राेग, हाडजोर्नी, सादा भिडियो एक्सरे सेवा, नाक, कान, घाँटी आँखा, प्रयाेगशाला, ईन्डाेस्काेपी, जनरल मेडिसिन, बाल राेग, छाला, फार्मेशि र शल्यक्रिया सेवा दिईने नरहरिनाथ गाउपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताए ।

उनका अनुसार गाउँपालिका भित्रका तथा अन्य पालिका बाट पनि असहाय तथा आर्थिक अभावका कारण  स्वास्थ्य चेक जाँचबाट बन्चित नागरिकलाई सेवा प्रदान गर्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हाे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !