युवा निर्माण ब्यवसायी मानव बमले सम्झौता अवधिको १ बर्ष अगावै निर्माणकार्य सम्पन्न गरेका छन , लैफु देखि रास्कोटसम्म सडक सन्चालनमारहेको र कोटिला देखि रास्कोटसम्म अबको ३ देखि ४ महिनाभित्र कार्यसम्पन्न हुने कालिकोट भौतिक पुर्वाधार बिकास कार्यालय प्रमुख हरीधितालले जानकारी दिनु भयो ।
प्राय नेपालको निर्माणको काममा निर्माण ब्यवसायीको लाप्रवाही , कार्यसम्पन्नतामा ढिलासुस्ति , गुणस्तरहीन कामको गुनासो सुनिरहन्छ । तर कालिकोटको रास्कोट नगरपालिकामा ५ का युवा निर्माण ब्यवसायी मानव बमले कामको गुणस्तर प्रभावसंगै समयसिमा अगावै काम सक्न कर्णालिमा निर्माण ब्यवसायीलाइ समयमा काम सम्पन्न गर्न निकै कठिन हुने गरेको बताए । कालिकोटको नरहरीनाथ गाउपालिकाबाट नेपालको ख्यातिप्रख्यात रामारोशन पर्यकिय क्षेत्र अछाम रामारोशन जोड्ने पर्यटकिय सडक लालु लैफु ,कोटवाडा रूप्सा हुदै सुदुरपश्चिम प्रदेशको रामारोशन जोड्ने निर्माणाधिन पर्यटकिय सडकको काम निर्माण ब्यवसायी मानव बमले प्राथामिक्ताका साथ गरिरहेको दाबी गरे । कर्णालि प्रदेश निर्माण ब्यवसायी महासंघका सचिव समेत रहेका बमले आफुले लिएको निर्माणकोकाम समयभन्दा अगाडीनै सक्ने गरेको दाबि गरेका छन । लक्ष्य पूरा गर्न सडक निर्माणको काममा रातादिन लागि परेको र कामको कार्यसम्पन्न गर्ने मिति २०८०/१०/२४ सम्झौता ।२०८३/४/२४ सम्म रहे पनि १ बर्ष अगावै काम सकेको र अव अन्तिम चरणमा रहेको कालिकोट भौतिक पुर्वाधार बिकास कार्यालयका प्रमुख हरी श्रमा धितालले बताए । कर्णालि प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो कार्यकालमा चार वर्षअघि रामारोशनलाई जोड्न आन्तरिक र बाह्य पर्यटकलाइ रामारोशन , बडिमालिका त्रिवेणी र रारा सम्म आवतजावत गर्न सजिलो होस भन्ने उधेश्यले त्यस क्षेत्रमा ठुलो भोलुमको बजेट बिनियोजन गरेका थिय । पर्यटक भित्र्याउने लक्ष्यका साथ कामको थालनि गरेको पर्यटकिय मार्ग रामारोशन खुलालु मार्गको निर्माणकार्य अन्तिम चरणमा रहेको अवस्था छ ।
यो सडकले कालिकोटको कर्णालि पारिका पचाँलझरना , रास्कोट,सान्नित्रिवेणी र नरहरीनाथ गाउपमलिकाको सबै भुभाग सडक सन्जालका जोडिने छ ।
बजेट थोरै बिनियोजन हुने बर्षमा काम नहुने भएकाकारणले बिगतमा कछुवागतिमा निर्माण भईरहेको ‘सडकको काम पछिल्ला केही वर्षमा तिब्रगतिमा हुन थालेको हो । कालिकोटकै महेन्द्र बहादुर शाही मुख्यमन्त्रि भए पछि कर्णालीको पर्यटन क्षेत्र सुधारका लागी भन्दै महेन्द्र ब शाहीले बढीमालिका त्रिवेणी , देउरा पाटन , पिलि युद्व पर्यटन , पचालझरना र रारासम्म पुग्न दर्जनौ क्षेत्रमा ठुलो पैमानाको बजेट छुट्याएका थिय । सोही शिलशिलामा लालुलैफु सडकको ट्रयाक ओपन र स्थरन्नोतिको लागी बजेट बिनियोजन गरेका थिय । सडकको ट्रयाकओपन संगै स्थरउन्नति र ग्राईविलको काम पनि संगसंगै हुने गरेको छ ।
‘ भौतिक पूर्वाधारले पर्यटकलाई आर्कषित गर्न नसकेको गुनासो आएका बेला यो सडकले त्यहाका नागरिकको पर्यटन प्रबद्वनसंगै जिवन स्थर सुधार ल्याउने स्थानिय बताउछन ।’ कालिकोट भौतिक पुर्वाधार बिकास कार्यालयका प्रमुख हरि शर्मा धितालले कालिकोटको पर्यटन तथा कृषी र जैबिक बिभिधतासंग जोडिएको ग्रामिण सडकमार्गको निर्माणका लागी सडकलाई लक्षित गरेर कालीकोट र अछामलाइ जोड्ने ग्रामिण सकडलाई प्राथामिक्ताका साथ बजेट बिनियोजन हुनु र काम पनि समयमै चाडो हुनुले केही वर्षमै अब लालुलैफुसडक सन्चालनमा आउने बताए ।
खड्का कृष्ण न्यौपाने जेभि निर्माण सेवाले हाल पनि काम गरिरहेको र त्यो काम अन्तिम चरणमा रहेको सडकमा २०८०/०८१ मा पनि ठुलो बजेटको काम भईरहेको बताएका छन । लालु लैफु सडकतिब्र निर्माण भई कार्यसम्पन्न भएमा प्रमुख पर्यटन गन्तब्य रारा , बडीमालिका र रामारोशनलाइ जोड्न सकिने पर्यटकको संख्यामा बृद्वीहुने सुर्खेतमा होटेल ब्यवसायी गर्दै आएका लक्ष्मि प्रसाद भट्टराईले बताए ।
कार्यसम्पन्नको जिम्मा पाएका निर्माण ब्यवसायी बमले यस अघि रास्कोट नगरपालिकाको मिनिमार्केट निर्माण र सडक कालोपत्रे गर्ने काम पनि समय सिमा भन्दा अगावै सकेर चर्चा कमाएको अर्का निर्माण ब्यवसायी अलि शाहीले बताए।
साँघुरो र अप्ठेरो कच्चि सडक मार्गका कारण पर्यटकको संख्यामा कमि आएको भन्दै केही वर्षभित्र कर्णालि करिडोर कालोपत्रे हुने र त्यससंगै लालुलैफु सडकको स्थरन्नोति भए त्यहाको फलफुल , कच्चापदार्थ र जडिबुटी आयात नियातमा सहयोग पुग्ने देखिन्छ । हाल निर्माणको काम तिब्र गतिमा भईरहेको देखिन्छ ।
कर्णालीमा पर्यटनका लागी आवतजावत गर्ने सडकनै गतिलो नभएकाले घुम्न आउने प्राय सबैजसो पर्यटकको गुनासो हुने गरेको छ । लालुलैफु सडक सन्चालनमाआए बहुचर्चित कोडवाडा बिमानस्थलसंग जोडिने छ ।
लैफु देखि कोटिला सम्म १३ किलोमिटर सन्चालनका आएको र अब कोटिला देखि रास्कोट नगरपालिकाको बडिमालिका सम्मको सडकमा युवा निर्माण ब्यवसायी बमको जिम्मा रहेको र अब १० देखि १५ प्रतिशतमात्र काम बाकि रहेको कालिकोट भौतिक पुर्वाधार बिकास कार्यालयका प्रमुख धितालले बताए । निर्माणको अबधी ८३ सालसम्म रहे पनी काम अबको ३/४ महिना सम्म सम्पन्न हुने धितालको भनाई छ ।
हाल सम्म लालु लैफु सडक खण्डको ट्रयाक खोलिसक्ने थियौ तर नरहरीनाथ र सान्नित्रिवेणी जोड्ने बिचको भुगोलमा भएको बिवादका कारण बजेट कार्यान्वयन हुन नसकेर सो भुगोल बाहेक अरू सबै सडकको ट्रयाक खुलिसकेको बताए ।