रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेटमा स्थानिय प्रारम्भिक बालविकास समितिलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न।

टिकाराज उपाध्याय( आफन्त) कालिकाेट

कालिकोट जिल्ला रास्कोट नगरपालिका सँगको समन्वय, यूनिसेफ नेपालको आर्थीक सहयोग तथा समाज जागरण केन्द्र (स्याक) नेपाल द्धारा सञ्‍चालित गुणस्तरीय सिकाइका लागि बिद्यालय शिक्षा क्षेत्र योजना निर्माण तथा बजेट कार्यान्वयनमा स्थानीय तहको क्षमता विकासमा सवलीकरण (SESP) कार्यक्रम अन्तरगत ।प्राराम्भिक बालविकासलाई सुधार गरि संस्थागत रुपमा विकास गर्नका लागि “स्थानिय प्राराम्भिक बालविकास समिति र वडा प्ररम्भिक बालविकास समितिका अध्यक्षको सहभागितामा अभिमुखिकरणˮ सञ्‍चालन गरि समापन गरिएकोछ ।
प्रारम्भिक बालविकास सुधार गर्नका लागि बस्ति स्तर तथा वडा योजना तर्जुमा बाट नितिगत योजनामा समावेश गरि नगरसभामा पास गर्ने विषय वस्तुमा सहजिकरण गरिएको समाज जागरण केन्द्र (स्याक) नेपालका शिक्षा अधिकृत ध्रुब नाथ योगीले बताउनु भयो ।
रास्कोट नगरपालिकाका ४० वटा बालविकास केन्द्रको अवस्था सुधार गरि बसाइ व्यवस्थापन बालमैत्री वातावरण सिर्जना गर्नका लागि उक्त कार्यशाला गोष्ठीले महत्वपुर्ण दिशानिर्देश गरेको छ ।
रास्कोट नगरपालिकाका कार्यबाहक नगरप्रमुख राजेन्द्र नाथ योगीले समापनको क्रममा बालविकास केन्द्र सुधार गर्नका लागि आगामी वडा योजना तर्जुमा र नगरसभा बाट नितिगत निर्णय गरि बजेट व्यवस्थापन तथा कक्षा कोठा सुधार गर्न अत्यआवश्यक भएकाले बालविकास शिक्षकको क्षमता विकास तालिम प्राप्त भइ सकेको र पढाउनका लागि आवश्यक पर्ने शैक्षिक सामगीं व्यवस्थापन गर्न आवश्यकता रहेको धारणा राख्‍नु भयो । विगतका वर्षहरु भन्दा नगरक्षेत्र भित्र रहेका बालविकास केन्द्रको शैक्षिक स्थितिमा निकै सुधार आएको पनि कार्यबाहक नगरप्रमुख योगीले बताउनु भयो ।
यस तालिमको यूनिसेफ नेपाल र समाज जागरण केन्द्र (स्याक) नेपालको आर्थिक सहयोग र रास्कोट नगरपालिकाको आयोजनामा आज रास्कोट नगरपालिकाको हलमा कार्यशालाको गाेष्ठिमा सहजीकरण शिक्षा श्रोत व्याक्ति लक्ष्मीप्रसाद बरालले गर्नु भएको समाज जागरण केन्द्र ( स्याक नेपाल) रास्काेटका शिक्षा अधिकृत धुर्वनाथ याेगिले जानकारि दिनुभएकाे छ।

तस्बिर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !