रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

प्रादेशिक रणनितिक रास्काेट अस्पतालको ६ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न। चार जना स्वास्थ्यकर्मी सम्मानित।

कालिकाेट २०८२/०१/१६ मंगलवार

कालिकाेट – प्रादेशिक रणनितिक रास्काेट अस्पतालको ६ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित मनाइएको छ। वार्षिक उत्सव कार्यक्रममा बोल्दै  नगर प्रमुख अस्पतालको दीर्घकालिन सञ्चालनका लागि आफूले सक्दो पहल र सहयाेग गर्ने बताए। प्रदेश सरकार र केन्द्र सरकारले समेत यसमा सहयोग गर्नुपर्नेमा उनले जोड थियो।

मंगलवार रास्काेट अस्पतालको प्रांगणमा अस्पताल सञ्चालक समितिका अध्यक्ष टक्क फर्सालको अध्यक्षता, रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाही(पाेषण)काे प्रमुख आथिथ्यातामा ,अथिति रास्काेट नगरपालिका वडा न. ५,९र ८ नम्बर वडा अध्यक्ष ,रास्काेट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बम ,नेकपा माओबादि केन्द्र प्रदेश कमिटि सदस्य बिजय बराल रास्काेट पाटि अध्यक्ष पदम बहादुर खड्का ,नेकपा एमालेका नेता, दयाराम सिम्खाडा, नेकपा एमाले रास्काेट पाटि अध्यक्ष काली बहादुर शाही,एकीकृत समाजबादि का नेता धनिराम सिम्खाडा, लगाएत का नेता हरुकाे सहभागिता रहेकाे थियाे। उक्त कार्यक्रममा बाेल्दै अस्पताल संचालक समिति अध्यक्ष फर्सालले अस्पतालको दिर्घकालिन सेवाका लागि आफूले प्रदेश सरकारमा समेत बजेट बिनियोजितका लागि पहल गरेको बताए। उक्त बार्षिक उत्सव कार्यक्रममा आफ्नाे सेवा प्रति जिम्मेवार भएर काम गर्ने ४ जना स्वास्थ्यकर्मी डा. सुवन कुमार कुशवाहा , सि. अहेव नवीन धमाला, अनमि धनपुरा लुवार ,रेडियाे ग्राफि मन्जु बाेहाेरा सम्मानित भएका छन।

 

अस्पतालमा आर्थिक अभाव हुन नदिन र सेवामा कुनै कमि हुन नदिन आफूले पटक पटक पहल गरिरहेको फर्सालले बताए। अस्पतालले प्रदान गरिरहेको सेवाको प्रशंसा गर्दै नगर प्रमुख शाहीले आगामी दिनमा समेत आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए।

तस्बिर:  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !