टिकाराज उपाध्याय(आफन्त)कालिकाेट
रास्काेट , वैशाख १८ गते । १३६ओै मजदुर दिवसको अवसर पारी राइढुङ्गा आ.वि विद्यालय रास्काेट ३ धमकोट मा निर्माणाधिन भवनमा नगर प्रमुख धर्मराज शाही , प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बम , रास्काेट. ५र ३ नम्बरका वडा अध्यक्ष , याेजना शाखा , प्राबिधिक शाखा , शिक्षा शाखा , प्रधानमन्त्रि राेजगार शाखा र त्याहा स्थानिय बासि हरुकाे सहभागितामा उक्त विद्यालयमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगत , प्रदेश सरकारबाट गरि निर्माणधिन विद्यालयकाे भवन र साैचालयमा श्रमगरि १३६ओै मजदुर दिवस मनाईएकाे छ।
उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख शाहीले श्रमिक दिवसले श्रम गरी विहान बेलुकाको छाक टार्ने सर्व साधारणको श्रमको सम्मान गर्न सक्नु पर्ने बताउनुभयो । श्रम रोजगारी गरी जिविकोपार्जन गर्ने जनताको श्रमको उचित सम्मान गर्न आग्रह गर्नुभयकाे रास्काेट नगरपालिका वडा न.३ वडा अध्यक्ष राजिन्द्रनाथ याेगिले खबर कर्णालिलाई जानकारि दिनुभएकाे छ।
तस्बिर: