कालिकाेट – १५ जेठ / रास्काेटमा आज १८ औं गणतन्त्र दिवस मनाइँएको छ।विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनामा गणतन्त्र दिवस आज रास्काेटमा ऱ्याली कार्यक्रम गरि सम्पन्न।गरिएको छ।
उक्त कार्यक्रममा बाेल्दै रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाहीले जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो बताउनु भएकाे छ।
यस्तै उप प्रमुख मनिराज बरालले बाेल्दै गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो । संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । बताउनु भएको छ।
उक्त कार्यक्रमा रास्काेट नगरपालिका जनप्रतिनिधि, कर्मचारि , शिक्षक, राजनिति दलका प्रमुख , संघ संस्था तथा स्थानिय बासिको सहभागिता रहेकाे थियाे ।
तस्बिर : टिकाराज उपाध्याय(आफन्त)