रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

स्थानीय तहमा एकीकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला गोष्ठि सम्पन्न।

टिकाराज उपाध्याय(आफन्त)कालिकाेट

रास्कोट नगरपालिका सँगको समन्वय,यूनिसेफ नेपालको आर्थिक सहयोग ,प्राबिधिक सहयाेग सेताे गुराँस रास्ट्रिय  बालबिकास सेवा,ललितपुर   तथा समाज जागरण केन्द्र (स्याक) नेपाल द्धारा सञ्चालित गुणस्तरिय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माणमा बजेट व्यवस्थापनका लागि स्थानिय तहको क्षमता विकास सवलिकरण परियोजना अन्तरगत रास्कोट नगरपालिका नगर प्रमुख श्री धर्मराज शाही ज्यूको अध्यक्षतामा र नगर उपप्रमुख श्री मनीराज बरालको आथित्यतामा एकीकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला मिति २०८२ जेष्ठ महिनाको १९ गते उद्दघाट्न  गरी २० गते समापन गरियो ।
समाज जागरण केन्द्र (स्याक) नेपाल र नगरपालिकामा सञ्चालित परियोजनाले हाल सम्म गरेका उपलब्धी र गर्ने कामका बारेमा शिक्षा अधिकृत ध्रुब नाथ योगी ले बताउनु भयो ।
उक्त योजना तर्जुमा गोष्ठीमा तपशिलका उद्देश्य माथी सहजीकरण गरिएको थियो । स्थानिय तहका सरोकारवालाहरुलाई एकिकृत प्रारम्भिक बालविकास अवधारणाको जानकारी । प्रारम्भिक बालविकासका क्षेत्रमा विभन्न निकाय वा पक्षबाट भएका कार्यहरु एकिकृत गर्ने ।

प्रारम्भिक बाल्यावस्थाका बालबिलकाको सर्वङ्गीण विकासको अधिकारलाई सुनिश्चित गर्न स्थानिय तहको भुमिका प्रबर्द्धन गर्ने । स्थानिय तहमा तर्जुमा गरिने वार्षिक तथा आवाधिक योजनामा प्रारम्भिक बालविकासका क्षेत्रमा लगानी अभवृद्धि गरी गुणस्तर अभिवृद्धि गर्न मद्दत पुर्याउने ।

जस्ता विषय माथी प्रशिक्षक सेताे गुरास वालबिकास सेवा दैलेखका निर्देशक राधा मल्लले सहजीकरण गर्नु भएको थियो । रास्कोट नगरपालिकाले प्रारम्भिक बालविकास उमेर गर्भावस्था देखी ८ बर्ष सम्मका बालबालिकाको उचित स्याहारको ढाँचा (राम्रो स्वास्थ्य, पर्याप्त पोषण, संवेदनशिल स्याहार, सुरक्षा र संरक्षण, उत्प्रेरणा र सिकाई जस्ता विषयलाई अधार मानी अर्थिक वर्ष २०८२।२०८३ का लागी एकिकृत प्रारम्भिक बालविकासका लागि रु २८ लाख ६५ हजार अनुमानित रकम विनियोजन गर्न सकिने नगरप्रमुख शाहीले बताउनु भयो ।

तस्बिर: टिकाराज उपाध्याय(आफन्त)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !