रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

अध्यक्ष र उपाध्यक्ष कोषमा बजेट छुट्याउने परम्परा तोड्दै ,बजेट वडा केन्द्रित गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पचालझरना गाउँपालिकाको बजेट सार्वजनिक

असारको महिनामा तिनैतहका सरकारका आगामि निति कार्यक्रम र बजेट पेस हुने परम्परा छ । परम्परा अनुसार केन्द्रमा प्रधानमन्त्री कोष , मुख्यमन्त्री कार्यक्रम र स्थानियतहमा अध्यक्ष उपाध्यक्ष मेयर उपमेयर कार्यक्रमका नाममा बजेट बिनियोजन गर्ने परम्परा तोड्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पचालझरना गाउँपालिकाले सुक्रबार बजेट सार्वजनिक गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय(बजेट)को अनुमान सहित बजेट सभामा पेस गर्नु पर्ने हुन्छ । सोही अनुसार पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले आगामि बर्षको बजेट गाउँसभामा पेस गर्नुभएको हो । कानुनि ब्यवस्थाअनुसार पचालझरना गाउँपालिकाले आगामी आव २०८२/८३ का लागि शुक्रबार बजेट पेस गरिएको हो ।
असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ। चालु आव २०८२ /८३ का लागी बजेट ल्याउने कालिकोटको पहिलो गाउपालिका रहेको छ ।
पचालझरना गाउँपालिका सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित ४३ करोड ८६ लाख २९ हजार ३ सय ५२ को बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष बमले आज गाउसभामा आगामी आर्थिक वर्षको आय–व्यायको बिवरण पेस गर्नुभएको हो।
“आगामी आर्थिक वर्षको लागी नेपाल सरकार वाट बित्तिय समानिकरण रू ८ करोड ५० लाख ८९ लाख रहेको छ भने संघिय समपुरक अनुदान स्वरूप रू ८० लाख रहेको छ । त्यस्तै संघिय बिसेश अनुदान तर्फ रू ४ करोड रहेको छ । नेपालसरकारवाट प्राप्त शसर्त अनुदान १७ करोड ५७ लाख रहेको छ । त्यसै गरी संघिय राजश्व बाडफाड तर्फ ८ करोड ५५ लाख ७३ हजार ३ सय ५२ छ भने प्रदेश सरकारवाट बित्तिय समानिकरण अनुदान १ करोड १२ लाख रहेको छ भने प्रदेश सरकारवाटै सशर्त अनुदान तर्फ २ करोड १५ लाख २५ हजार प्राप्त भएको बताईएको छ
कर्णालि प्रदेश सरकारको बिषेश अनुदान तर्फ ५० लाख प्रदेशको राजश्व बाडफाडबाट रू ४ लाख ७६ हजार रहेको बताईएको छ ।
त्यस्तै चालु तर्फ जम्मा २७ करोड ९१ लाख ३२ हजार ३ सय ५२ बिनियोजन गरीएको छ ।आन्तरिक आय तर्फ जम्मा २२ लाख मात्र अनुमान गरिएको छ ।त्यस्तै लक्षित बर्गको क्षमता बिकास ,पर्यटन प्रबद्वन ,सामाजिक सुरक्षा ,कृषि पसु ,जिबिको पार्जन , रोजगारी र भौतिक पुर्वाधारलाई प्राथामिकतामा राखिएको छ ।
यो वर्ष बजेटमा अध्यक्ष उपाध्यक्ष केन्द्रित शिर्षकमा बजेट बिजियोजन भएन ।
गाउसभामा यस अघि सभाका अध्यक्ष तथा पालिका अध्यक्ष देबराज शाहीले पेसको आगामी आबको निति तथा कार्यक्रम पनि पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर बमले बताउनु भयो ।
यसै गरि शनिवार रास्कोट नगरपालिकाले पनि नगरसभा मार्फत बजेट सार्वजनिक गर्दै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !