टिकाराज उपाध्याय(आफन्त)कालिकाेट २०८२/०३/१४
कालिकाेट ~रास्कोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आधारभूत तह र माध्यमिक तहका गणित विषयका शिक्षकहरूका लागि तीन दिने तालिमको नगर उप प्रमुख मनिराज बराल, शिक्षा शाखा प्रमुख खेमराज शाही ज्यूबाट उद्घाटन गरिएकाे छ।
उक्त तालिममा रास्कोट नगरपालिका सामुदायिक विद्यालयका १४ जना गणित विषय शिक्षकहरूको सहभागिता रहेको छ भने प्रशिक्षक नवीन कडेंलले गर्नु हुनेछ।उक्त कार्यक्रममा बाेल्दै नगर उप प्रमुख बरालले यस वर्तमान आवश्यकतालाई मध्यनजर गरी गणित विषय शिक्षकहरूलाई तालिम दिने निर्णय नगरपालिकाले गरेको बरालले बताउनु भएकाे छ। र यश तालिमले सिकाई आदानप्रदान हुनुका साथै शिक्षकहरूको क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको शिक्षा शाखा प्रमुख खेमराज शाहीले बताउनु भयाे।
तस्बिर:शिक्षा शाखा











