रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

उत्कृष्ट तथा जेहेनदार विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न।

 

कालिकोट रास्काेट ~रास्काेट नगरपालिकामा “हामी बनाउँछौं, हाम्रो नगर” भन्ने मुल नाराका साथ रास्कोट नगरपालिकाले शिक्षा क्षेत्रको प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले नगरभित्रका उत्कृष्ट विद्यार्थीहरू तथा विद्यालय बाहिर रहेका गरिब, जेहेनदार र विपन्न बालबालिकालाई सम्मान एवं शैक्षिक सामग्री वितरण गरेको छ।

२०७८ आषाढ २० गते नगर कार्यपालिकाको कार्यालयमा सम्पन्न कार्यक्रममा नगर प्रमुख धर्मराज शाही (पोषण) ज्यूको प्रमुख अतिथ्यता र नगरका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमको बिशेष अतिथ्यता र शिक्षा शाखा प्रमुख खेम शाही वडाअध्यक्षहरू, शिक्षक तथा अभिभावकहरूको बिशेश उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता नगर प्रमुखको रहेको थियो भने शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि र वक्ताहरूले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताएका थिए।

“उत्कृष्ट विद्यार्थी सम्मान तथा विद्यालय बाहिर रहेका बालबालिकाको शैक्षिक पहुँच सुनिश्चितता सम्बन्धी सहयोग कार्यक्रम”

यस कार्यक्रमअन्तर्गत कक्षा ५ र ८ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, पोशाक तथा शैक्षिक सामग्री नगद प्रदान गरिएको छ।
साथै विद्यालय जान नपाएका वा छुटेका विपन्न बालबालिकालाई आवश्यक पोशाक, झोला, स्टेशनरी सामग्रीलगायतका सामग्री हस्तान्तरण गरियो।

नगर प्रमुखले कार्यक्रममा सम्बोधन गर्दै भने:
“शिक्षा सबैको अधिकार हो। हाम्रो नगरपालिका त्यस अधिकारलाई सुनिश्चित गर्न निरन्तर लागिपरेको छ। उत्कृष्ट विद्यार्थीलाई सम्मान र विपन्न बालबालिकालाई सहयोग मार्फत हामी शिक्षाको पहुँच सबैसम्म पु-याउने प्रर्यासमा छौं।”

कार्यक्रममा सहभागी शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले नगरपालिका र शिक्षा शाखाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले शिक्षा क्षेत्रलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। भने उक्त कार्यक्रम मार्फत ३ दर्जनको हाराहारीमा नगर सरकारले उत्कृष्ट विद्यार्थीलाई सम्मान र विपन्न बालबालिकालाई सहयोग गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !