कालिकोट/ कालिकोट खुलालु हुँदै हिल्सा जोड्ने कर्णाली करिडोरको रास्कोट नगरपालिका र पचालझरना बीचमा पर्ने फुकगार्ड खोलाको पुल २०७६ सालमा बाढीले बगाए पछि पुन निर्माण नहुदा भएको सस्तिवारे त्यस क्षेत्रका नागरीक अधिकारकर्मीहरूले जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई भेटेर समस्या सामाधान गर्न ध्यान केन्द्रीत गराएका छन । जिल्ला समन्वय समिति उप प्रमुख मिना रावत बिक, नागरिक अधिकार कर्मिहरू दिलु बम , पत्रकार महासंघका केन्द्रिय सदस्य तुलराम पाण्डे , नेकपाका नेता बिबेक सी , रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्की , अधिबक्ता राज बहादुर बोगटी, काग्रेस नेता सबिन बिष्ट , सुमित्रा बम , ईन्सेक मानव अधिकार कर्मी कालि बहादुर मल्ल लगाएतको टोलिले प्रजिअ भट्टराईलाइ भेटी त्तकाल पैदल यात्रुहरूको सहजताका लागी बिकल्पको खोजि गर्न आग्रह गरेका छन । पुल निर्माण गर्न सम्झौता भएको अवधिले असोजमा मसान्तमा म्याद सकिदै छ । त्यस ठाँउमा दैनिक साना ठूला दर्जनौं सवारी साधन ओहोरदोहोर गर्छन् । कर्णाली करिडोर निर्माणको जिम्मा पाएको नेपाल आर्मीले २०७५ सालमा निर्माण गरेको फुकगाड खोलाको बेलिब्रिज पुल र पुरानो झोपु २०७६ सालको असारमा आएको बाढीले बगाए पछि हाल सम्म बैकल्पिक उपाय ब्यस्थापन हुन सकेको छैन् । बर्षातमा नागरिक जोखिमयुक्त यात्रा गर्न बाध्य भएका छन् । अहिलेसम्म बाढीले बगाएको पुल पुननिर्माण नहुँदा करिडोरमा पैदल आवतजावत गर्नेले समेत समस्या झेल्नु परिरहेको छ । वर्षातमा स्काभेटरको बकेटमा राखेर मानिसलाई खोला वारपार गराउनु पर्ने बाध्यता छ ।
भेलमा मालवहाक ट्रक र सवारी साधान अड्किए पछि तान्न ट्याक्टर र डोजर जोह गर्नु पर्ने अवस्था छ ।
त्यसका लागी अस्थायी ट्रस या पुल तुइन जेजसरी हुन्छ समस्या सामाधान गर्न नागरिक अधिकारकर्मी रत्न कार्कीले आग्रह गरे ।
खुलालु सलीसल्ला कर्णाली करिडोर दक्षिण खण्ड १२३ किलो मिटर दुरी रहेको छ । सो बाटोमा करीपन ९ वटा ठुला नदी खोलाका पक्कीपुलहरुको उहिलेइ ठेक्का भएको थियो । सो ठाउ लगाएत करिडोरका९ वटा पुल सम्झौता भएको मितिले २०८२ असोज ३० गते म्याद सकिने भएको छ । तर हाल सम्म फुकुगाड खोलाको पुल निर्माण त के ? डिजाइन नै बिभागबाट स्वीकृत गराहउन नसकेको बुझिएको छ । डिजाइन स्वीकृत नसक्दा काम झन अन्यौल रहेको छ । हाल सम्म नौ वटा पुल मध्य बाजुराको जुड्डी र बड्डीगाडको बाहेक अन्यको डिजाइन स्वीकृत समेत हुन नसकेको आयोजना प्रमुख बेल नेपालीलले बताउनु भयो । निर्माण कार्यको लागि सम्झाैता भएको म्याद सकिन लाग्दा पुलको डिजाइन नै स्वीकृत नहुनु दुखत रहेको जानकारहरु बताउ छन्। पुलहरू खुलालुदेखि कवाडीसम्म नौ वटा रहेका छन् त्यस मध्य अन्य ठाउँमा निर्माण आर्मीले राखेको बेलिब्रीज यथावत रहेकाले त्यती समस्या छैन तर फुकुगाड खोलामा भेल बढ्नासाथ डोजरको बकेटमा मानिसहरु राखेर वारपार गर्ने बाहेक अन्य बिक्लप छैन । करिडोरलाई हाल दुईभागमा बिभाजन गरेर उत्तरी र दक्षिणी गरी दुई भागमा बिभाजन गरी हेर्ने गरिन्छ । पहिलो खुलालु देखि सल्लीसल्ला दक्षिण खण्ड हो। त्यहाँको १२२ किलोमिटर सडक कोल्टी सडक आयोजनाले हेरी रहेको छ ।
कर्णाली करिडोरको खुलालु , सान्नीगाड , फुकुगाड , बड्डीगाड जुड्डी , कवाडी गल्फागार्ड र सल्लीसल्ला लगाएत नौ वटा ठुला हेबी पुलहरुको कार्यसम्पन्न गर्न मिति २०७९ असार ३० गते सम्झौता भएको देखिन्छ । सम्बन्धित कन्ट्याक्टरले नै पुलको डिजाइन ,स्टमेट बनाइ सडक बिभाग पुल महासाखाबाट स्वीकृत गराइ पुल निर्माणको काम गर्नु पर्ने गरी सम्झौता भएको भए पनी दुइ वटा बाहेकको अन्य ठाउँको पुलको डिजाइन नै बिभागबाट स्वीकृत गराउन नसकेको देखिन्छ । पुलहरुको सल्लीसल्ला तलका खुलालु फुकुगाड र सान्नीगाडको पुल बिकोइ ईन्जिनियरिङ कन्ट्क्सन प्रालि र अन्य पुलको लुम्बिनी एण्ड स जेभिसंग सम्झौता भएको छ ।
कर्णाली करिडोरको खुलालु , सान्नीगाड , फुकुगाड , बड्डीगाड जुड्डी , कवाडी गल्फागार्ड र सल्लीसल्ला लगाएत नौ वटा ठुला हेबी पुलहरुको कार्यसम्पन्न गर्न मिति २०७९ असार ३० गते सम्झौता भएको थियो तर यी पुलहरूको काम सुरू नहुदै म्याद सकिएको छ । सम्बन्धित कन्ट्याक्टरले नै पुलको डिजाइन ,स्टमेट बनाइ सडक बिभाग पुल महासाखाबाट स्वीकृत गराइ पुल निर्माणको काम गर्नु पर्ने गरी सम्झौता भएको भए पनी दुइ वटा बाहेकको अन्य ठाउँको पुलको डिजाइन नै बिभागबाट स्वीकृत गराउन नसकेको देखिन्छ । पुलहरुको सल्लीसल्ला तलका खुलालु फुकुगाड र सान्नीगाडको पुल बिकोइ ईन्जिनियरिङ कन्ट्क्सन प्रालि र अन्य पुलको लुम्बिनी एण्ड सी जेभिसंग सम्झौता भएको छ ।
नागरिक अधिकार कर्मीको आग्रह पछी प्रमुख जिल्ला अधिकारी भट्टराईले हुम्ला सडक आयोजना र कोलिटमा रहेको करीडोर दक्षिण क्षेत्र सडक आयोजना, सडक बिभाग लगाएत सबै निकायसंग फोन गर्दैसमस्या सामाधान गर्न आग्रह गर्नु भयो । अब केही समय भित्र निकास निकाल्ने गरी समन्वय गर्ने प्रजिअ भट्टराईले बताउनु भयो ।










