रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

सांसद बिष्टद्वारा लिखित पुस्तकको बिमोचन

नेपाली काङ्ग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक मा.हिक्मत बहादुर बिष्टद्वारा लिखित पुस्तक( दाेस्राे कार्यकालको पहिलाे देखि पाँचौ अधिवेशन ) काे आज कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजित एक कार्यक्रमका बिच बिमाेचन गरिएकाे छ । बिमाेचन कार्यक्रम कर्णाली प्रदेश सरकारका उपसभामुख यशाेदा न्यौपानेको अध्यक्षतामा भएकाे एक कार्यक्रममा प्रमुख अतिथि रहनु भएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कंडेलले बिमोचन गर्नु भएको हो। कर्णाली प्रदेश सभाको आधा कार्यकाल सम्मकाे पुस्तक बिमाेचन कार्यक्रम सम्पन्न भएको सांसद बिष्टका स्वकीय सचिव देउमल तिरूवाले बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस कर्णाली प्रदेका संसदीय दलका नेता पुर्व मुख्यमन्त्री जीवन ब.शाही, कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ , पुर्व मुख्यमन्त्री तथा ने क पा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा लगाएत कर्णाली प्रदेश सरकारका माननीय मन्त्रीहरू र कर्णाली प्रदेश सभाका माननीय सांसद लगाएत पत्रकार ,प्रदेश सभा सचिवालयका कर्मचारी सबैकाे उपस्थितिमा भएको कार्यक्रममा सांसद बिष्टले लेखेको दोस्रो कार्यकालको पहिलो देखी पाचौं बैठक सम्मका विषयवस्तु समेटिएको पुस्तक बिमोचन गरिएको हो । पुस्तककाे बिमाेचन कार्यक्रममा लेखक हिक्मत बहादुर बिष्टले पुस्तक कर्णाली प्रदेश सभाको इतिहास बन्ने बताउनु भयो ।
कार्यक्रममा सहभागी अतिथि वक्ताहरूले दाेस्राे कार्यकालकाे पुस्तक लेखक पहिलाे लेखक नै भएकाले पुस्तक प्रदेश सभाको इतिहास र स्थायी रेकर्ड बन्ने बताउनु भयो । सबैले शुभकामना व्यक्त गर्दै याे पुस्तक सबैका लागि उपयुक्त भएकाे हुदा सबैले अध्ययन गरी ज्ञान आर्जन गर्न र ऐतिहासिक दस्ताबेज बन्ने भन्दै अध्ययन गर्न अनुरोध गर्न सुझाएका छन् ।

कर्णाली प्रदेशसभामा “आधा कार्यकाल” नामक पुस्तककाे आज प्रदेशसभा परिसरमा भएको कार्यक्रममा बिमाेचन भएकाे हो । पुस्तक बिमोचन कार्यक्रममा समीक्षक रहेका देब रानाले प्रकासोउन्मुख रहेको पुस्तक पुर्णता पाउने र ओैपचारिक बजारमा आउने भन्दै शुभकामना दिनुभयो । कार्यक्रममा मुख्यमन्त्री यामलाल कडेल, नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही, एकीकृत माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा र उपसभामुख यशाेदा न्याैपाने लगाएतले नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टको ” कर्णाली प्रदेश सभामा आधा कार्यकाल ” नामक पुस्तक प्रदेश सभाको आधा कार्यकाल अवधिमा प्राप्त संसदीय अभ्यास सिकाई,उपलव्धी,अनुभव र अनुभूति तथा सम्पादित गतिविधिलाई सार्वजनिकीकरण गर्न सहयोग पुगेको बताउनु भयो ।
बक्ताहरूले संसदीय फाँटका जनप्रतिनिधि, संसदीय मामिलामा अध्ययन गर्ने शोधार्थी सम्पूर्णका लागि उपयोगी र सन्धर्व सामाग्री हुनेसमेत विश्वास लिएको बताएका छन् ।
लेखकको समर्पण र त्यागले कर्णाली प्रदेश सभाको इतिहास जिबित रहने बक्ताहरूको भनाई रहेको छ । कार्यक्रममा उपस्थित कर्णाली प्रदेशका सभामुख, मन्त्री,राज्यमन्त्री सांसद , कर्मचारी ,पत्रकार लगाएत अन्य महानुभाबहरूको पनि सहभागिता रहेको बिष्टका स्वकीय सचिव देउमल तिरूवाले बताउनु भयो।
सांसद बिष्टले यस अघि पनि थुप्रै कृतिहरू लेखेर प्रकासित गरिसक्नु भएको छ । द्वन्दको दरार , जय पराजय , ब्याधी र बिजय जस्ता पुस्तक लेखेर यस अघि प्रकासित गरिसक्नु भएका लेखक सांसद बिष्टद्वारा लिखित याे चौथो कृति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !