रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं १ का अध्यक्ष ताम्राकार हरेक महिना १५ गते सामुहीक श्रमदानमा

        कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं १ का अध्यक्ष धर्मराज  ताम्राकार  वडाको कहिले सामुदायिक खानेपानिका पाईप आफै बोकेर ९ किलो मिटर टाढा पानि मुहानमा धाएको देखिन्छन भने कहिले  नगरपालिकाको बजार चोक र खाँडाचक्र नगरका गोरेटो बाटोको झाडी फाडेर फोहोर उठाउन बिल्चो लगाएको देखिन्छन । खाडाचक्र नगरका वडा अध्यक्ष ताम्राकारले प्रत्यक महिनाको १५ गते सामुहीक सार्वजनिक श्रममा जोडिने निति लिनु भएको  छन । जनताको नेता शासक होईन सेवक हुने मान्यता स्थापित गर्ने उद्देश्यका साथ वडा अध्यक्ष ताम्राकार स्वम सरसफाई अभियानमा जुट्नु भएको छ ।वडा नं.  १ को वडाअध्यक्ष ताम्राकार  सरसफाई अभियानमा जुट्नुभएको हो । वडा अध्यक्ष ताम्रकार हसिया र बिल्चे र झाडु लिएर हरेक १५ गते आफ्नो टिम सहित सडकमा सरसफाइ गर्न व्यस्त देखिनुहुन्छ । मान्म बजारमा ग्रिन खाडाचक्र बनाउँन नगरको मात्र जिम्मेवारीनभएर नगरभित्रको प्रत्येक वडावासीको जिम्मेवारी रहेको वडा अध्यक्ष ताम्राकारको भनाई रहेको  छ ।
सरसफाई अभियान मार्फत वडाका हरेक टोलमा टोल समिती गठन गर्छौ र सरसफाई सम्बन्धि तालिम दिएर जनचेतना फैलाउनेकार्य निरन्तर रहने वडा अध्यक्ष रोकायाले बताउनुभयो ।” टोल समितीको व्यक्तिहरुलाई भ्रमणको व्यवस्था र बार्षिक रुपमाराम्रो काम गर्ने समितीलाई उत्प्रेरणाका लागि वडाबाट सम्मान समेत गर्ने योजनाका साथ सरसफाई अभियानमा निरन्तर जुटेकोवडा अध्यक्ष ताम्राकारको भनाई  छ । यस्ता खालको कार्यक्रमले सबै वडालाई मात्र नभै पुरै देशलाई एउटा राम्रो सन्देश जानेउहाँले बताउँनुभयो ।


नगरमा सरसफाई र फोहर व्यवस्थापन कडा नियम लागु नहुँदासम्म सरसफाई अभियान सफल हुन नसक्ने ताम्राकारले

बताउनु भयो ।

स्थानीयहरुलाई साथमा लिएर झाडु, फरुवा, हसिया लिएर सदरमुकाममा शहरलाई सुन्दर र हराभरा बनाउँन सडक सरसफाईमाजुटेका ताम्रकाले यस अघि सदमुकामका छाडापसु चौपाया हटाउन लागेका थिय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !