रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कर्णालि राजमार्गको पहिरो पन्छाउन , बिष्पोपटक पदार्थ सहित सुरक्षा निकायको टोलि गगने खोलामा

     पहिरोले कर्णाली राजमार्ग ठप्प भए पछी  बाटो खुलान कालिकोट प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयल र प्रहरी प्रमुख डिएसपी टेक रावत सहित सुरक्षा निकायका प्रमुखहरू बिष्पोटक पदार्थ सहित गगने खोला पुगेका छन । कर्णाली राजमार्गकोसुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका–१ गगने खोलामा गएको पहिरोले राजमार्ग ठप्प भएको छ ।

चार दिनअघि कर्णाली राजमार्गको कालेखोलामा भासिएको सडकमा ग्याबिन पर्खाल हालेर शनिबार दिउँसो सञ्चालनमा आएपनि शनिबार राति ९ बजे गगने खोलामा पुन: पहिरो गएर सडक अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुररावतले बताउनु भयो  । ‘रातिको पहिरोले गाडी सबै रोकिएका छन्। उहाका अनुसार गगनेखोलामा सधैं पहिरो झरिरहने र एकसय मिटर माथिबाट ठूलठूला ढुंगासहित पहिरो झरेकाले स्काभेटरले पन्छाउन नसके पछी  ढुंगा फुटाउन बिष्पोटक पदार्थ सहित टोलि  बाटो खुलाउन गगनेखोला पुगेको छ ।

वर्षा लागेसँगै कर्णाली राजमार्गको पहिरोले नागरिकलाई सास्ती भएको छ । तिन देखी सयौ सवारीसधान र मालवहाक ट्रक राजमार्गमा अलपत्र परेका छन ।

उता कर्णाली करिडोरको  फुगाड खोलामा पानीको बहाव बढेपछि कर्णाली करिडोर पनि अवरुद्ध भएको छ । फुगाड खोलाकोबेलिब्रिज ३ वर्ष अघिको बाढीले बगाएपछि नयाँ पुल बनेको छैन । कर्णाली करिडोरको फुगाड खोला बढेपछि सडक अवरुद्धभएको हो। पहिरोले सडक अवरुद्ध भएपछि कालिकोट हुँदै सुर्खेत जाने गाडी बिभन्न ठाउँमा रोकिएका छन् ।यात्रुहरू समस्यामा परेका छन ।

सम्भवत बर्षा रोकिय आजै पहिरो पन्छाएर बाटो खुलाईने  प्रहरीले बताएको  छ । तर तिन पटक बिस्पोट गराउदा पनि  ढुंगा नफुटे पछि आजलाई पनि बाटो खुल्ने सम्भावना टरेको पहिरो स्थलमा रहेका डिएसप टेक बहादुर रावतले बताउनु भयो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !