पालिका भवन उद्घाटन गर्न सान्नित्रिवेणी पुगेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई कार्यक्रम स्थलवाट निस्कने क्रममा प्लेकार्ड देखाउदै जेनजी युवाले बिरोध जनाएका छन । सान्नित्रिवेणी गाउपालिकाका जेनजी युवाले भने दिउसो ज्ञापनपत्र बुझाउदै बिरोध गरेका थिय । सौहार्द वातावरणमा कार्यक्रम सकेर फर्किनेक्रममा जेनजी रास्कोट नामका युवाहरू हातमा प्लेकार्ड लियर सडकमा बसेका थिय । प्रहरीले उनिहरूलाई हटाउन खोजेको देखिन्छ भने मुख्यमन्त्री चढेको गाडीले कालो टिसट लगाई हातमा प्लेकार्ड बोकेका युवालाई खुट्टामा ठक्कर दिदै अगाडी बढेको देखिन्छ । प्लेकार्ड देखाउँदै विरोध प्रदर्शनमा उत्रिएका जेनजी समूहका युवामध्ये दुई जना घाइते भएको उनिहरूले बताएका छन । मुख्यमन्त्री कँडेल सवार सरकारी गाडीले एक युवालाई ठक्कर दिएको भिडियो किलिप सामाजिक सन्जालमा भाईरल छ ।
विभिन्न माग समेटियका प्लेकार्ड बोकेर प्रदेश सरकारले ध्यान केन्द्रित गराउन भन्दै सडकछेउमा उभिएका थियौ प्लेकार्ड प्रदर्शन गरिरहेको बेला मुख्यमन्त्रीको गाडीले हामिलाई ठक्कर दिएर अघि बढ्दा आफुलाई खुट्टामा चोट लागेको र आफु घाईते भएको रास्कोट अस्पतालमा रहेका शमिर शाहिले रेडियो प्रदेश आवाजलाई बताएका छन । अर्का युवा बिसाल बमको पनि हातमा सामान्य चोट लागेको उनिहरूले बताएका छन ।
उनिहरूका अनुसार सान्निका जेनजी युवाहरूले सहयोग मागे पछी आफुहरू सान्नित्रिवेणी पुगेको र उनिहरूले नभेटे पछी भदौ २३र २४ को आन्दोलन क्रममा मारीएका आफ्ना साथिहरूको हत्यारा लाई छानबिन गर्नु पर्ने , तत्कालिन गृहमन्त्री र प्रधानमन्त्रीलाई कार्वाही गर्नु पर्ने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थियौ आफ्नो अरू कुनै माग थिएन तर आफुलाई लछारपछार गरेको उनिहरूको आरोप छ । आफु लगाएत ६ जना मात्रै बिरोधमा उभिएका थियौ तर आफुलाई गाडिले ठककर दिएर घाईते बनाउनु पर्ने कुनै गतिबिधि नगरेको उनीहरूको दावि छ ।
जिल्लावाट प्रजिअ गोकर्णराज सुयल, प्रहरी प्रमुख डिएसपी हिम बहादुर खत्री र शसस्त्र पहरीका डिएसपी दिपक चन्द , अनुसन्धान अधिकृत ठाकुर केसी सहित त्यहाको सुरक्षा ब्यस्था कडा पारिएको थियो । बाटोमा उनिहरूले गाडिलाइ पेलेकाड देखाउन अवरोध गर्न खोजे पछी प्रहरीले अवरोध हटाएको र सामान्य बलप्रयोग समेत नभएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताउनु भयो ।
फोटो : समाजिक सन्जालमा अपलोड भिडियो स्कृनसट










