रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

सुर्खेतमा मोटरसाइकल ,स्कुटी ठोक्किँदा मृत्युको घटना रहस्यमय भन्दै सुर्खेतमा आफन्त आन्दोलित

       सुर्खेतको वीरेन्द्रनगर–२ मा भएको मोटरसाइकल–स्कुटी दुर्घटनामा मृत्यु भएका प्रेस सेन्टर कालिकोटका अध्यक्ष बिरेन्द्र आचार्यको रहस्यमय मृत्यु भएको भन्दै सुर्खेतमा चक्का    जाम गरिएको छ। वीरेन्द्रनगर–२ नं वडा कार्यालयअगाडि भएको उक्त दुर्घटनामा शुभकालिका गाउँपालिका–६ निवासी, हाल वीरेन्द्रनगर–१ बस्दै आएका प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष  ३४ वर्षीय वीरेन्द्र आचार्यको मृत्यु भएपछि आक्रोशित आफन्तले सडक अबरुद्ध गर्दै घटनाको सत्यतथ्य छानबिनको माग गरेका हुन्।

वीरेन्द्रनगरका विभिन्न सडक क्षेत्रमा सवारी–आवागमन अवरुद्ध गर्दै टायर बालेर बिरोधमा उत्रेका हुन। प्रदर्शनकारीहरूले दुर्घटनाको प्रकृति शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धान, दोषीको पहिचान तथा कार्रवाईको माग गरेका छन्।

 शुक्रवार   मुलपानीबाट भुरेली तर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२००३ प १७४४ नम्बरको मोटरसाइकल र लुम्बिनी–३६ प ३८८६ नम्बरको स्कुटी आपसमा ठोक्किँदा आचार्य गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो भने मोटरसाइकल चालक २३ वर्षीय यामबहादुर शाहीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

आक्रोसित आफन्तले दुर्घटना स्थलमा आफन्तको रोहबर बिना सव उठाएको , घटनास्थल मुचुल्का समेत नउठाइ घटनास्थल सफा गरेको र  घटनामा अन्य बाईकले पनि उनि सडकमा ढलेका बेल पुन ठक्कर दिएको बिषय छानबिन गर्नु पर्ने माग गरेका छन ।

प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान चलिरहेको र प्रदर्शनकारीलाई शान्त हुन आग्रह गरिएको छ।

सुर्खेतको वीरेन्द्रनगर–२ नं वडा कार्यालय अगाडि मोटरसाइकल र स्कुटी एक–आपसमा ठोक्किँदा एक आचार्यको मृत्यु भएको थियो ।मुलपानीबाट भुरेली तर्फ जाँदै गरेका २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश–०२००३ प १७४४ नम्बरको मोटरसाइकल तथा ३४ वर्षीय वीरेन्द्र आचार्यले चलाएको लुम्बिनी–३६ प ३८८६ नम्बरको स्कुटी ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका शुभकालिका गाउँपालिका–१ निवासी, हाल वीरेन्द्रनगर–१ बस्दै आएका वीरेन्द्र आचार्यको उपचारको क्रममा मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको हो।

मोटरसाइकल चालक यामबहादुर शाहीको अवस्था मध्यम रहेको र उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ। शाहीको वीरेन्द्रनगरमै उपचार भइरहेको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !