रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कांग्रेस महाधिवेशन नजिकिँदै: देउवाको उत्तराधिकारी पूर्णबहादुर खड्का हुन?

     सुर्खेत / समकालीन नेपाली राजनीतिको प्रमुख दल नेपाली कांग्रेस भित्र पौष २६–२८ मा हुने १५औँ महाधिवेशनको सरगर्मी तीव्र बनेको छ।आन्तरिक संगठन व्यवस्थापनका लागि हुने चुनावी महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा चर्किँदै गएको छ। यससँगै एमालेले पनि मंसिर २७–२८ मा काठमाडौँमा महाधिवेशन गर्ने तयारी पूरा गरी प्रतिनिधि छनोट सकाइसकेकाले मुलुकका दुवै ठूला दल अन्तर्संगठनात्मक चुनावी माहोलमा होमिएका छन्। गाउँदेखि शहर, चोक–चोकमा अब यी दलहरूको भावी नेतृत्वबारे व्यापक बहस चलिरहेको देखिन्छ।

कांग्रेसमा महाधिवेशन मिति सार्वजनिक भएपछि केन्द्रदेखि स्थानीय तहसम्म नेतृत्व चयनका चर्चा  सुरू भएका छन्। कांग्रेसभित्रका विचार समूह सक्रिय बन्न थालेका छन् भने परम्परागत दुई धारबीच प्रतिस्पर्धा हुने पक्का पक्की बनेको छ  । कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन ५१% मत आवश्यक हुने भएकाले धेरै उमेदवार भए पहिलोमा प्रस्ट बहुमत नपुग्ने  र दोस्रो चरणको मतदानमा जानुपर्ने बिगतको अभ्यास यो पटक पनि दोहोरिने पक्का छ ।

१४औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित शेखर कोइराला यसपटक पुन सभापतिमा दाबी गर्ने तयारीमा छन्। कोइराला प्यानलका महामन्त्री गगन थापा पनि कांग्रेस नेतृत्व युवाको हातमा दिनु पर्ने उद्घोष गर्दै सभापतिमा आफ्नै उम्मेदवारी अगाडि सार्ने पक्षमा रहेको र सोही अनुसार सक्रिय रहेको देखिन्छन्।

यता १४औँ महाधिवेशनको दोस्रो चरणमा देउवालाई समर्थन गरेका बिमलेन्द्र निधि र प्रकाशमान सिंह भने अहिलेसम्म नखुलेको र उनिहरूले  आफ्नो धार सार्वजनिक गरेका  छैनन्। तर पार्टीभित्र भने वर्तमान सभापति देउवाले स्पष्ट रूपमा आफ्नो समर्थन कार्यवाहक सभापति पूर्णबहादुर खड्काकै पक्षमा रहेको समाचार बाहीरीन थालेका छन ।

जेनजी आन्दोलनपछिको संवेदनशील मोडमा देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिनु, पार्टीका महत्त्वपूर्ण जिम्मेवारीहरू सुम्पिनु तथा विभिन्न समयमा खड्कालाई निर्णायक भूमिकामा अघि सार्नुले देउवाको उत्तराधिकारी खड्कानै बन्ने प्रस्ट रहेको कांग्रेसभित्रको विश्लेषण छ।

यी सबै घटनाक्रमले आगामी १५औँ महाधिवेशन केवल नेतृत्व परिवर्तनको प्रक्रिया मात्र नभई कांग्रेसको भावी दिशा, धार तथा शक्ति–सन्तुलन तय गर्ने निर्णायक मोड बन्ने प्रष्ट संकेत दिइरहेको छ।

देउवाको बचन  : खड्कालाई अघि सार्ने

दुई कार्यकालदेखि पार्टी सभापति रहेका शेरबहादुर देउवाले यसपटक आफ्नो निकटस्थ नेता तथा वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापति पदमा अघि सार्ने प्रतिबद्धता जनाइसकेको कुरा बाहीरीएको  छ।

देउवाको विश्वस्त सहयोगी मानिने खड्कालाई सभापतिमा उठाउने संकेत बाहिरिएसँगै प्रदेश र स्थानीय तहका नेताहरु खुलेर खड्का पक्षमा धारणा सार्वजनिक गर्न  थालेका छन्।

  कांग्रेस कर्णालीका प्रवक्ता तथा कांग्रेसका युवा नेता दमन शाहीले सामाजिक सञ्जालमार्फत खड्काको खुलेर प्रशंसा गर्दै अबको नेतृत्व पूर्णबहादुर खड्काकै हुने दाबी गरेका छन्। उनले खड्कालाई वीपी, गणेशमान र किशुनजीको आदर्शको निरन्तरता दिने “सुकिलो पात्र निस्कलङकित पात्र भन्दै अवको नेतृत्व पुर्ण बहादुर खड्काको हुने भन्दै धारणा सार्वजनिक  गरेका छन्।

सेखर–गगन समूह पनि सक्रिय, सभापतिमा सेखर, गगन दुबैको आकाक्षा रहेको दावी

लामो समय   कांग्रेस नेतृत्वमा बर्चश्व जमाएको कोइराला परिवारवाट दुइ पटक नेतृत्व खोस्न सफल भएका देउवा पछि पुन कोइराला परिवारमा नेतृत्व पुग्ने हल्ला गक थरी कांग्रेस कार्यकर्तामा चर्चा छ भने  सेखर कोइराला समूहमा पनि सभापतिका आकांक्षीको संख्या बढ्ने सम्भावना रहेकाले   त्यसको फाइदा शक्तिशाली सभापति देउवाका उत्ताराधिकारी खड्का बलियो हुने चर्चा पनि छ । सेखर कोइराला स्वयं उम्मेदवार बन्ने तयारीमा देखिन्छन् भने महामन्त्री गगन थापा पनि सभापतिका सम्भावित दावेदारका रूपमा चर्चित छन्।

१४औँ महाधिवेशनमा पहिलो चरणमा कसैलाई ५१% बहुमत नपुग्दा दोस्रो चरणमा बिमलेन्द्र निधि र प्रकाशमान सिंहले देउवालाई समर्थन गरेका थिए। यसपटक भने दुवै धारका शीर्ष नेताबीच नयाँ समीकरण बन्न सक्ने सम्भावना पनि रहेको चर्चा  हुन थालेको छ।

खड्काको राजनीतिक यात्रा स्वच्छ छविको छ  त्यसकारण खड्काले नेतृत्व लिन्छन : प्रबक्ता दमन शाही

सुर्खेत कांग्रेसको नेतृत्व (२०४४) बाट राष्ट्रिय राजनीतिमा उदाएका खड्का २०४८ यतादेखि निरन्तर पार्टीका प्रमुख भूमिकामा रहेका नेता खड्काको पक्षमा कर्णालि प्रदेश कांग्रेस प्रबक्ता दमन ब शाही खुलेका छन ।

केन्द्रीय सदस्य, सह–महामन्त्री, महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापति बनेका उनी ८ पटक मन्त्री, गृहमन्त्री तथा उपप्रधानमन्त्रीसम्म भइसकेका खडका निस्कलङकित ,स्वच्छ छबि र निर्विवादपात्र भएको नेता शाहीको दावि छ ।

खडकाको प्रमुख राजनीतिक विशेषता ,विवादरहित छवि ,सन्तुलित अभिव्यक्ति र  प्रणालीमा विश्वास गर्ने प्रभावशाली नेता मानिन्छ। यही कारण उनका कटर समर्थक रहेका शाहीले  उनलाई वीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको आदर्श परम्पराका उत्तराधिकारी को रुपमा चित्रण गरेका छन ।

महाधिवेसनको नजिकमा कांग्रेस भित्र बिषेश , नियमित महाधिवेसन भन्ने बिषयले बिचार शमुहका थुप्रै कहलिएका नेताहरू पनि ओहोर दोहोर हुन पुगेका बेला स्थानिय राजनितिकबाट कर्णाली प्रदेशको राजनितिमा उदाएका शाहिले जेनजी  आन्दोलनले नयाँ पुस्तालाई राजनीतिक रूपमा सक्रिय बनाइरहेको अवस्थामा खड्का पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा मिलाएर   कांग्रेस बदल्नसक्ने नेता खड्का रहेको भन्दै अवको नेतृत्व पुर्ण बहादुर खड्काको बिकल्प नहुने   उनी निकटस्थ नेता दमन  शाही  बताउँछन्।

महाधिवेशनले देउवा–खड्का धार निरन्तर रहन्छ कि सेखर–गगन समूहको उदय हुन्छ भन्ने निर्णायक मोडमा कांग्रेस पुगेको छ। आगामी महाधिवेशनले पार्टी नेतृत्व मात्र होइन, मुलुककै राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएका बेला कांग्रेसर एमालेमा आउने नेतृत्वसंग जोडेर हेर्न थालिएको छ ।

कांग्रेसमा सभापतिसहित शीर्ष पदका आकांक्षी खुलेर मैदानमा झर्ने क्रम बढेसँगै केन्द्रदेखि जिल्लास्तरसम्म चहलपहल देखिन थालेको छ। लामो समयदेखि पार्टी नेतृत्व सम्हालेका शेरबहादुर देउवाले यसपटक आफ्नो निकटस्थ नेता तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापतिमा अघि सार्न लागेको चर्चा तीव्र छ। देउवाले खड्कालाई “विश्वस्त उत्तराधिकारी”का रूपमा अघि सार्ने संकेत बाहिरिएपछि विभिन्न प्रदेश र स्थानीय तहमा खड्का पक्षका गतिविधि खुलेर अघि बढ्न थालेका छन्।

    कर्णाली प्रदेशका प्रवक्ता तथा युवा नेता दमन शाहीले सामाजिक सञ्जालमार्फत खड्काको प्रशंसा गर्दै “अबको कांग्रेसको नेतृत्व पूर्णबहादुर खड्काकै हुने” अभिव्यक्ति दिएका छन्। उनले खड्कालाई वीपी कोइरालाको आदर्श, गणेशमान सिंहको समर्पण र कृष्णप्रसाद भट्टराईको इमानदार राजनीतिक परम्पराको निरन्तरता दिने नेता भनेर उल्लेख गरेका छन्।

२०४४ सालमा सुर्खेत कांग्रेसको नेतृत्व सम्हाल्दै केन्द्रीय राजनीतिमा प्रवेश गरेका खड्का २०४८ सालदेखी  पार्टीका प्रमुख भूमिकामा छन्। केन्द्रीय सदस्य, सह–महामन्त्री, महामन्त्री, उपसभापति हुँदै अहिले कार्यवाहक सभापतिसम्म पुगेका उनी ८ पटक मन्त्री, गृहमन्त्री तथा उपप्रधानमन्त्रीसमेत भइसक्दा उनको विवादरहित छवि, सन्तुलित अभिव्यक्ति र प्रणालीप्रति विश्वास राख्ने चरित्रका कारण ‘स्वच्छ नेतृत्व’को रूपमा चिनिएको शाहीले बताए ।

आगामी सभापति चयनले देउवा–खड्का धार बलियो हुन्छ कि सेखर–गगन समूह उदाउँछ भन्ने प्रश्न कांग्रेसभित्र मात्र होइन, राष्ट्रिय राजनीतिको बढी चासोको विषय भएकाले अन्य राजनितिक पार्टी र फरक आस्थाका बौद्वत्व बर्गमा झन चर्चाको  बिषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !