रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

सडकको खाल्डा पुर्दै सदरमुकाममा प्रहरी

        स्थानीय विकास तथा निर्माणको काममा विकास कार्यालयहरू अग्रसर देखिनुपर्नेमा कालिकोट सदरमुकाममा भने उल्टै प्रहरी स्वयं सडक मर्मतमा अग्रभागमा देखिन थालेका छन्। सदरमुकाम छिर्ने मुख्य बजारको बाटो बिग्रेको झण्डै एक वर्ष बितिसकेको छ। मुख्य मार्ग नै अवरुद्ध भएपछि साना सवारी तथा एम्बुलेन्स समेत कोटदरवार हुँदै बजार प्रवेश गर्न बाध्य छन्।

यसै वैकल्पिक मार्गमा पर्ने खाँडाचक्र नगरपालिका र जिल्ला कृषि विकास कार्यालय अगाडिका खाल्डाखुल्डी पुरेर सडक सुचारु बनाउन प्रहरीले नै पहल गरेको हो। विकास निर्माणका अधिकांश विवाद सदरमुकाममै देखिने गरेकोमा यही स्थानिय विवादका कारण यी क्षेत्रका सडकहरू आरसीसी बनाउन नदिँदा वर्षौंदेखि अधूरै छन्। रिङरोड अवधारणाअनुसार केही भागमा आरसीसी भइसके पनि कृषि विकास कार्यालय र नगरपालिकाको अगाडिको सडक भने विवादले रोकिँदै आएको छ।

हालैको लगातार वर्षापछि नगरपालिका भवन निर्माण क्षेत्र नजिकको सडक भत्किँदा सडक बन्द भए पछी कोटदरवार हुदै सानासवारी मात्र यो सडकबाट बजार छिर्ने गर्छन । मुख्य मार्ग क्षतिग्रस्त बनेपछि कोटदरवार हुँदै एकतर्फी रूपमा साना सवारी चलाइँदै आएको छ। यही जोखिमका बीच सवारीसाधन सुरक्षित आवागमनका लागी किनारामा भएका खाल्डाखुल्डीले दुर्घटना बढ्ने देखिएपछि प्रहरीले स्वयंले बाटो मर्मत सुरु गरेको हो। प्रहरी टोलीले राति–बेलुकी गस्ती बढाउनुका साथै दुर्घटना न्यूनिकरणका लागि खाल्डा पुरेर अस्थायी रूपमा सडक सम्याएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक बिर बहादुर सुनारका अनुसार, सदरमुकामको साँघुरो सडकमा रहेका खाल्डाखुल्डीलेआवतजावत जोखिमपूर्ण बनेकाले आम नागरिकको सुरक्षाका लागि प्रहरी आफैँले मर्मत कार्यमा सहकार्य गरेको बताउनु भयो ।

स्थानीयवासीले प्रहरीको सक्रियताले निर्माण कार्यमा सहजता आएको बताएका छन्। उनीहरूका अनुसार रातिको समयमा साना सवारी साधन दुर्घटना बढेको कारण प्रहरी आफैँ सडक निर्माणमा जुटेको बताए  । जसले तत्काललाई  राहत पुगेको स्थानियले बताएका छन ।

   उक्त क्षेत्रमा कृषी बिकास कार्यालय, खाँडाचक्र नगरपालिका , कारागार , मालपोत र नापी र जिल्ला बन कार्यालय, निर्वाचन कार्यालय र हुलाक देखि घरेलु र सञ्चार गृहहरू रहेका छन । नजिकै रहेको लोटस बिकास एकेडेमीले उक्त सडकको चाप झन बढाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !