कालिकोट — रास्कोटमा इलाका प्रशासन सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । आज गृह प्रशासनका जिल्ला स्थित पदाधिकारीहरूले संयुक्त रूपमा अनुगमन गरेका छन्। प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल ,प्रहरी नायब उपरीक्षक हिम खत्री ,सामाजिक विकास कार्यालयका प्रमुख अबिराज शाही ,नगरप्रमुख धर्मराज शाही लगाएत वडा अध्यक्ष र जनप्रतिनिधिहरूको उपस्थितिमा सेवा सञ्चालनको तयारीबारे स्थलगत अवलोकन गरिएको हो।
अनुगमनका क्रममा सेवा प्रवाहका लागि आवश्यक भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा नागरिकलाई सहज सेवा दिने विषयमा छलफल भएको बताइएको छ। सहभागीहरूले निकट भविष्यमा इलाका प्रशासन सेवा पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्।
स्थानीय तहका जनप्रतिनिधिहरूले सेवा सुचारु भएसँगै नागरिकलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने र सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरेका छन्।
अनुगमन टोलीले आवश्यक तयारीलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिँदै छिट्टै सेवा सुरु गर्ने प्रतिबद्धता जनाएको छ।
सेवा सन्चालनका लागी गृह मन्त्रालले आबश्यक कर्मचारी सहित सुर्खेत जिल्ला प्रशासनमा कार्यरत नमराज बमलाई कामु कार्यालय प्रमुख तोकिसकेको छ ।
ईलाकामा १ जना कार्यालय प्रमख शाँखा अधिकृत , २ जना नाशु , १ जना कार्यालय सहयोगि र १ लेखापाल र कम्युटर अपरेटर गरी ५ जनाको दरबन्दी कायम गरिएको छ ।










