रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण, रास्कोटका १२२ लाभग्राही लाभान्वित

     कालिकोट — रास्कोट नगरपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभियानलाई निरन्तरता दिएको छ। यस अभियानअन्तर्गत ग्लोबल आइएमई बैंकमार्फत ४ वटा वडाका १२२ जना लाभग्राहीलाई घरमै पुगेर भत्ता वितरण गरिएको हो।

सामाजिक विकास शाखा संयोजक हुकुम शाहीका अनुसार वडा नं. ६ मा ४५ जना, वडा नं. ७ मा २५ जना, वडा नं. ८ मा १८ जना र वडा नं. ९ मा ३४ जना गरी कुल १२२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

रास्कोट नगरपालिकाले केही समयअघि सुरु गरेको घरदैलोमै भत्ता वितरण अभियानलाई निरन्तरता दिँदै आएको छ। यसअघि ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई बैंकसम्म पुग्नुपर्ने, लामो लाइनमा बस्नुपर्ने तथा कतिपय अवस्थामा बोकेर नै पालिका केन्द्रसम्म लैजानुपर्ने बाध्यता रहेको भन्दै स्थानीय स्तरमा आलोचना हुँदै आएको थियो।

उक्त गुनासोलाई सम्बोधन गर्दै नगरपालिकाले ग्लोबल आइएमई बैंकसँगको समन्वयमा लाभग्राहीकै घरदैलोमा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको हो। यस अभियानबाट ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहज सेवा प्राप्त भएको र उनीहरूको समय, श्रम तथा खर्चसमेत बचत भएको नगरपालिकाको भनाइ छ।

स्थानीयवासीले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था प्रभावकारी भएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !