रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोटमा इलाका प्रशासन उद्घाटनको पहिलो दिनमै २९ जनाले सेवा लिए

     रत्न कार्की कालिकोट   / रास्कोटमा  ईलाका प्रशासन कार्यालय सञ्चालनको पहिलो दिनमै उल्लेखनीय सेवा प्रदान गरेको छ।कार्यालयबाट पहिलो दिनमै २९ जना सेवाग्राहीले विभिन्न सेवा लिएका छन्      

      इलाका प्रशासन कार्यालयका ,कार्यालय प्रमुख बमका अनुसार पहिलो दिनमै ४ जनालाई नयाँ नागरिकता जारी गरिएको छ भने ६ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्। त्यसैगरी, १ जना नावालकलाई परिचयपत्र प्रदान गरिएको छ।

   राष्ट्रिय परिचयपत्रतर्फ १३ जनाले दर्ता गराएका छन् भने २ जनाले परिचयपत्र प्राप्त गरेका छन्। साथै, अन्य निकायमा पठाइने ३ वटा पत्र दर्ता गरिएको छ।

कार्यालय सञ्चालनको सुरुवाती दिनमै सेवाग्राहीको राम्रो उपस्थितिले स्थानीयस्तरमै सेवा पाउँदा नागरिकहरू उत्साहित बनेका छन्। यस कार्यालयबाट रास्कोट नगरपालिका लगायत आसपासका स्थानीय तहका बासिन्दाले अब सहज र छिटो प्रशासनिक सेवा पाउने अपेक्षा गरिएको रास्कोट नगरका प्रमुख धर्मराज शाहीले बताएका छन    लामो समयदेखि प्रतीक्षामा रहेको ईलाका प्रशासन कार्यालयको काम सुरू भएसंगै  स्थानीय बासिन्दाले अब आफ्नै क्षेत्रमा नागरिकता र राष्ट्रिय परिचयपत्र लगाएत प्रसासनिक सेवा पाउने भएका छन्।

  सोमबारदेखि सुरु गरिएको सेवाले रास्कोट नगरपालिका, सान्नि त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकाका नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ। चार स्थानीय तहका करिब ५० हजार जनसंख्यालाई लक्षित गरी गृह मन्त्रालयले सेवा सुचारु गर्न ईलाका प्रशासन कार्यालय स्थाना गरेको हो।

कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा संघीय सांसद महेन्द्रबहादुर शाहले कार्यालयको औपचारिक उद्घाटन गरेपछि सेवा सुरु गरिएको हो। उद्घाटनसँगै कामु शाखा अधिकृत नवराज बमको नेतृत्वमा कर्मचारीहरूको  टोलीले पहिलो दिनमै  चार जनालाई नागरिकता वितरण गरेको छ।

उद्घाटन कार्यक्रममा कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल , जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्री र अनुसन्धान अधिकृत ठाकुर केसीलगायत प्रशासनिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

सेवा शुभारम्भको क्रममा रास्कोट नगरपालिका ५ का फरक क्षमता भएका सर्जन रोकायालाई नागरिकताको प्रतिलिपि हस्तान्तरण  गर्दै कार्यालयको शुभआरम्भ गरिएको थियो। यससँगै स्थानीयवासीलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

यसअघि नागरिकता बनाउन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताका कारण ३ देखि ५ हजार रुपैयाँसम्म खर्च हुने गरेको थियो। अब भने घर नजिकै सेवा पाउँदा समय र खर्च दुवै बचत हुने भएपछि स्थानीय बासिन्दा खुसी भएका छन्।

इलाका प्रशासन कार्यालयको स्थायी भवन निर्माणाधीन अवस्थामा रहेकाले हाललाई भाडाको घरबाट सेवा प्रदान गरिएको  कार्यालय प्रमुख बमले रेडियो प्रदेश आवाजलाई बताए । आगामी दिनमा सेवा थप प्रभावकारी बनाउने र राहदानीलगायत अन्य सेवासमेत विस्तार गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए ।         यद्यपि, सेवाको प्रभावकारितामा इन्टरनेट र विद्युत आपूर्तिको समस्या चुनौतीका रूपमा देखिएको छ।

     नेपाल टेलिकमको इन्टरनेट सेवा विद्युत आपुर्तिको अनियमितताका कारण बारम्बार अवरुद्ध हुने गरेको कार्यालय प्रमुख नवराज बमले बताए। नियमित सेवा प्रवाहका लागि टेलिकमले ईन्टरनेट सेवामा पावर ब्याकअप व्यवस्थापन नहुदा पटक ,पटक बिधुत जाने र बन्द हुने गरकाले समस्या हुने देखिएको बमको  भनाइ छ। इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि रास्कोट क्षेत्रका नागरिकलाई सरकारी सेवा पहुँचयोग्य र सहज बन्ने विश्वास गरिएको छ ।

रास्कोटमा सञ्चालनमा आएको ईलाका प्रशासन कार्यालयका लागि आवश्यक बैकल्पिक उर्जा  ब्याकअप व्यवस्थापनको तयारी भइरहेको नेपाल टेलिकम कार्यालय कालिकोटका कार्यालय प्रमुख प्रेम बहादुर बिष्टले बताए ।उहाका  अनुसार आवश्यक ब्याकअपको व्यवस्था गर्न क्षेत्रीय कार्यालयसँग समन्वय भइसकेको छ।

कार्यालयको सेवा प्रभावकारी बनाउन दूरसञ्चार ईन्टरनेटसेवा  सुदृढ पार्ने कार्य अघि बढाइएको जानकारी दिएका छन । प्रमुख जिल्ला अधिकारी समेत यस विषयमा सक्रिय रूपमा लागिरहेकाले बिष्टले समस्या समयमै समाधान हुने विश्वास व्यक्त गरिएका छन ।

    ईलाका प्रशासन कार्यालयबाट नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवा प्रदान भइरहेका बेला प्राविधिक पक्ष मजबुत बनाउन गरिएको पहलले सेवाग्राहीलाई थप सहजता हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !