रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कर्ण थापाको लोकप्रियताको पहिचाहान

नेपालको हाल सम्मको राजनितिक अान्दोलन र परिवर्तन शिक्षकहरूको बुईमा निरभर भएको देखिन्छ । समाजका अग्रज अबिभावक िशक्षकहरू भए पनि शिक्षकहरू अाफु राजनितिकमा भने कमै सफल भएको देखिन्छ । बिगतका विभिन्न निर्वाचनमा पनि शिक्षक ल‍ोकप्रिय हुन्छन भनेर जागिर राजिनामा दिएका शिक्षकहरू पनि चोक्टा खान गएकि बुढी झोलमा ढुबेर मरि भने जस्तो न जागिर न राजनितिक भएर घाममा सुक्नु परेको छ । उसो त राजनिति गर्ने सबै पनि सफल भएका छैनन् । कांग्रेसकै राजनितिमा पनि यहि अधिबेसनमा पनि जागिर र राजनितिक पद दुबैको लोप गर्ने पनि अदालतको एक दुई दिन अघिको फैसलाले उनको लोप धरापमा पर्ने भएको छ । समाजमा राजनितिक बिपिको समाजवादलाई आत्मसाथ गर्दै शिक्षा पेसा छाेडेर नेपाली काँग्रेसकाे पार्टी निर्माणका लागि आफ्नाे बाँकी जीवन राजनीतिमा हुम्याएका बाजुराका कर्ण बहादुर थापाले भने अधिबेसनमा अाफ्नो लोकप्रियता सिद्व गरेका छन । महाधिवेशन प्रतिनिधि लडेका पुर्व शिक्षक थापा बर्षौ बाजुराको राजनितिमा लागेर त्याग गरेकाहरूलाई पन्छाउदै अधिबेसनमा महाधिबेसन प्रतिनिधि बिजय भएका छन ।

नेपाली काँग्रेस बाजुरालाई बलियो बनाउन शिक्षक संघलाई बलियो पारेर दुई दसक बाजुरा काँग्रेसमा समर्थित शिक्षक संघ र महासंघको नेतित्व गरेका थापा कांग्रेस लाई लोकप्रिय सावित बनाउने लक्ष्यका साथ शिक्षक पेशा छाेडेर राजनितिमा आएका हुन । थापाले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा बाजुरा जिल्लाबाट आफ्नो लोकप्रियता सिद्व गरेका हुन ।

नेता थापा नेपाली काँग्रेसमा आस्था राख्ने नेता कार्यकर्ता सबै समेट्ने र आफु निष्ठाको राजनीति गर्ने भएकाले नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा ७ औँ जिल्ला अधिवेशनमा आउने क्षेत्रीय प्रतिनिधिहरुको रोजाईमा आफू परेको र नेपालि कांग्रेस बाजुरामा रहेका गुटउपगुट भत्काएर एक बनाउनेमा लाग्ने बताएका छन ।

बाजुरा जिल्लाका सम्पुर्ण युवा बिद्यार्थी शिक्षकहरुकाे प्रतिनिधिका रुपमा आफु अघि सरेको भन्दै थापाले सम्पुर्ण पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पुर्ण सहभागिता सहितको बलियो काँग्रेस र संगठन निर्माणमा अाफ्नो भुमिका दर्ज गर्ने बताए ।

को हुन कर्ण थापा
२०५२ देखि २०५४ सम्म नेपाल शिक्षक संघ बाजुराकाे सहसचिव ,२०५४ देखि २०५७ सम्म नेपाल शिक्षक संघ बाजुराकाे सचिव, २०५७ देखि २०६१ सम्म नेपाल शिक्षक संघ बाजुराकाे अध्यक्ष, २०६१ देखि २०६४ सम्म शिक्षक युनियन बाजुराकाे अध्यक्ष, २०६४ देखि २०६९ सम्म शिक्षक युनियनकाे दाेस्राे पटक अध्यक्ष निर्वाचित,२०७० देखि २०७३ सम्म शिक्षक युनियन रास्ट्रिय समिति सदस्य, २०७४ काे शिक्षक महाँसंघ केन्द्रिय सदस्य थापा बाजुराको पार्वति माबि पैमामा अाधारभुत शिक्षा अध्यन गरेका थापा सोही माबिमा दसकौ प्रधाना ध्यापक हुदा समेत समुदायमा उनी कहिलेहि अालोचनाको पात्र भएनन् उनी सधै समुदायको सम्मानित र प्रशंसित भैरहे । थापाले अभिबेसन जिते संगै उनलाई देश बिदेशबाट धन्यवाद िदनेको पनित्यतिकै बाहुल्यता छ । त्यसले पनि उनी कत्तिको लोकप्रिय छन भन्ने कुरा दर्साएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !