तत्कालिन जनयुद्वको सुरूवात भएको दिन २०५२ साल फागुन १ गते देखि फागुन २२ गते सम्म नेकपा माओवादी केन्द्रले बिभित कार्यक्रम गरि मनाउने गरेको छ । जनयुद्व दिवसकै अबसर पारेर तत्कालिन २०५२ साल फाल्गुन १४ गते गोर्खाका १४ बर्षिय बालक दिलबहादुर रम्तेललाई तत्कालिन शाही नेपाली सुरक्षा फौजले हत्यागरेको दिन देखि २२ गते सम्म सहिद सप्ताहाका रूपमा मनाउने गरेको छ । सोही शिलसिलामा नेकपा माओवादी केन्द्र पचालझरना र पलाताले सयुक्त रूपमा पचालझरनाको भुराबगरमा रहेको सहीदपार्कमा अौपचारीक कार्यक्रम गरि सहिद परीवारलाई प्रमाणपत्र सहीत दोसल्लाले सम्मान गरिएको हो । शनिवार एक कार्यक्रमका बिच कर्णाली प्रदेस का प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भुराबगरमा रहेको सहीद पार्कमा पुगेर शाहीले सम्मान गरेका हुन । सहिद सप्ताहाभरी माओवादी केन्द्रले कालिकोटका सबै स्थानिय तहमा सहीद परीवार विशेष कार्यक्रम गर्ने भएको छ । पचालझरनाका ४५ र पलातामा रहेका १६ जना गरि ६१ जना सहिद परीवारका सदस्यलाई सम्मान गरिएको थियो । आफ्ना सन्ततीको सम्झनामा सम्मान ग्रहण गर्दा विशेष गरि बाल्यकालमा आफ्ना जीवन साथि गुमाएका सहीत पत्नि र बुढेसकाल लागेका बुढा बुआ,आमाका आखामा आँसु रसाएको देखिन्थ्यो ।