रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

बिकास के भयो भन्नेलाइ जादाजादै प्रगति बिवरण हातहातमा पार्ने : रास्कोट नगरका प्रबक्ता अध्यक्ष टक्क फर्सालको भनाई

नेकपा माओवादी केन्द्र रास्कोट नगरपालिका वडानम्बर ६ को पार्टी कार्यालय उद्घघाटनका क्रममा आयोजित सभामा बोल्दै रास्कोट नगरका प्रबक्ता समेत रहेका वडा नम्बर छ का वडा अध्यक्ष टक्क फर्सालले माओवादी सरकारले के ग्रयो भन्नेलाइ आफ्नो कार्यकालका प्रगति समीक्षा घरघरमा हातहातमा दिन सकिने बताउनु भयो । नेकपा माओवादी केन्द्र वडा नं ६ ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष फर्सालले बिद्यालयमा पक्कि भवन , गोरेटो बाटो आर्सीसि , घरघरमा खानेपानिधारा ,टोलटोलमा सडक र बिधुत पुर्याएर सेवा दिएको नदेखेर आँखा चिम्म गरेर प्रतिपक्षिले बिरोधका नाममा बिरोध गर्ने गरेको बताउनु भयो ।अध्यक्ष फर्सालले बिकास नभएको जनताले भन्दैन तर माओवादी सरकारले राम्रो काम गरेकाले फेरि चुनाव जितिन्नकि भन्ने कुरा सोचेर अत्तालिएको अध्यक्ष फर्सालले बताउनु भयो ।नेकपा माओवादी केन्द्र रास्कोट नगरपालिका वडा नम्मर ६ ले बृहत प्रदशन पछी गरेको आमसभामा फडेराले प्रदशन गरेका छन । प्रदर्शन सहित एक ओैपचारीक कार्यक्रममा पार्टी वडाकार्यालय उद्घघाटन समेत गरेको छ। वडा पार्टी अध्यक्ष बिर्खबहादुर थापाको अध्यक्षयतामा भएको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता समेत रहेका फर्सालले यस्तो बताउनु भयो ।कार्यक्रममा माओवादी नेता अमृत दर्जीले दलितको अधिकार जनयुद्वले स्थापित गरेको बताउनु भयो । आफूले नेकपा माओवादी केन्द्रसंग कुनै स्वार्थ नराखेर पार्टी रोजेर अगाडी बढेको बताउनु भयो ।दलित जनजातिको अधिकारको जन्मदाता माओवादी भएकाले विशेष अधिकारको उपयोग गर्न अनुरोध गर्नु भयो ।
प्रबेस गर्नेमा लामो समय नेकपा एमालेमा जीवन बिताएका भुपु क्षेत्रपाल दलजित फडेरा , एमालेबाट अमित दर्जी ,सुचना दर्जी ,बसन्ता दर्जी ,भरत फर्साल चन्दरूप दर्जी । कांग्रेसबाट गम दर्जी ,आछीराम दर्जी , सुरूल्लि दर्जी । बिप्लव नेकपाबाट कलिमान फडेरा नेपाली कांग्रेसबाट सत्यदेबि सन्ज्याल नेकपा माओवादी केन्द्रमा प्रबेस गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !