बेरोजगारी समस्याको एक उदारण हो म्यादी प्रहरीमा भर्नाहुने युवाहरूको लाईन र संख्यादर ।कालिकोट जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालयका म्यादी पणरहरीमा भर्ना हुने युवाहरूको ताती हेर्दा नेपालमा रोजगारीको दयनिय स्थिति छ भन्न मिल्ने प्रसस्थ आधार भएको छ । आउदो बैसाख ३० को स्थानियतह निर्वाचनका लागि सरकारले देशैभरी सरकारले म्यादी प्रहरी भर्ना थालेको छ । १३४२ जनामा महिला ,२४५ र पुरूष १०९७ जनाले आबेदन दिएका छन । ६ गते देखि ११ सम्मगते शुक्रबार सम्म आबेदन दिने समय तोकिएकोमा युवाहरूले आबश्यता भन्दा बढीले फम लगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी ईन्सेपेक्टर तथा निर्वाचन सेल अधिकृत महेशबिक्रम शाहीले बताउनु भयो । ८ सय चार जनाका लागि खुल्ला गरिएको म्यादी प्रहरी भर्नामा १३ सय ४२ जनाले फम भरेका छन अब छनोट प्रकि्या सुरू हुने शाहीले बताउनु भयो ।देशमा रोजगारी सृजना भयो भन्नेहरूका लागी यो चुनौति हो । एककक्षा नपढेका दलबल सहीत राजनिति पोष्टमा छन वडा अध्यक्ष ,मेयर ,सांसद छन तर उच्चशिक्षा हाशिल गरेका युवाहरू म्यादी प्रहरीमा भर्ना हुन यसरी लाईन लाग्छन । म्यादी प्रहरीमा भर्ना हुन उच्चशिक्षा हासिल गरेका युवाहरू पनि आएको प्रहरी निरक्षक शाहीले बताउनु भयो ।