एक वा दुई पक्ष बिच सम्म गठबन्धन ठिकै हो तर तीन भन्दा बढी दलहरू बिच चुनावि तालमेल असम्भव रहेको सर्बत्र बहसभैरहेका बेला नेपाली कांग्रेस कालिकोट गठबन्धन सफल नहुने निचोडमा पुगेको छ । आउदाे वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा अलगै लड्ने मनस्थितिमा कांग्रेस देखिएको छ ।
कांग्रेस कालिकोटले स्थानिय तहमा उमेद्वार सिफारीसका क्रममा पार्टी भित्र छलफल चलाउने सवालमा गठन्धनका नाममा कालान्तरमा आफ्नो भोट बढ्ने भन्दा घट्ने तर्फ जाने निचोड छलफलमा रहेको नाम नबताउने सर्थमा एक नेताले जनाएका छन । यस अघि कांग्रेस खाडाचक्र नगरकमिटीको बैठकले लिखित निर्णय नै गरेर गठबन्धन नमान्ने सुझाव जिल्ला कार्यसमितिलाई पठाएको थियो । उता रास्कोट नगरकमिटीले पनि बागबन्डामा माओवादीले समाजवादीलाई काखिच्यापेर २०७४ मा सदस्य नजितेको भन्दै उतिबेला प्राप्त भोटको अपब्याख्या गरेर आफुमाथि हेपुआ दृष्टीकोणाट पेस हुन खोजेकाले गठबन्धन बेगर चुनावमा जानू पर्ने सुझाव दिएको बुझिएको छ । लामो समय दिनहु जसो छलफलमा जुट्ने गठबन्धन दलका नेताहरू बिच बैठकको अध्यक्षयता कस्ले गर्ने भन्ने साना साना विसयमा पनि बिवाद हुने गरेको बुझिएको छ । समितिकाे बैठकले पाँच दलिय गठबन्धन भन्दा बाहिर रहेर सिंगल चुनावमा जाने मनस्थिति तयार भएको नाम नबताउने सर्थमा एक नेताले बताएका छन ।
पाँच दलिय गठबन्धनकाे दिनहु बस्ने संयुक्त बैठकमा आ-आफ्नाे दाबि रहेका छन । पार्टीको माग र भागवण्डाको दाबि नमिल्ने भएकाले नेपाली कांग्रेस अब एकल चुनावमा जाने मनस्थितिमा रहेको छ ।
चुनावका लागि सदरमुकाममा जम्मा भएका नेताहरूले छलफलमा गठबन्धन दृघकालिन नभएकाले एक्लै जानुु प्रने बिषयमा छलफल भएको छ । कांग्रेस भित्र यो बिषयमा बिवाद रहेको छ । जसरी तसरी गठबन्धन सफल पार्ने मनस्थितिमा कांग्रेस संस्थापन देउवा समुहका नेताहरू रहेका छ भने गठबन्धनमा जादा कांग्रेसको भोट घट्छ एक्लै लड्ने मनाेस्थिति मा कोईराला पक्षघर देखिनथालेका छन
कांग्रेस जिल्लास्थित विशेष समितिको बैठकमा चलेको छलफलको निस्कर्ष बाहिरीए संगै कांग्रेस हार स्वीकार गर्ने पार्टी भएकाले गठबन्धनको सिकार नहुने तर्क एक नेताले गरेका छन ।
गठबन्धनका आधार र चुनौति
यता सत्ता गठबन्धन पाच दल चुनावि तालमेलमा जादा उता एमाले नेतृत्वमा एमसिसि बिरूद्वको मोर्चामा आबद्व बिप्लव नेतृत्वको नेकपा लगाएत दलहरू एक ठाउमा आउने सम्भावना बलियो बन्दै गएको छ । शुक्रबार माल्कोटमा बसेको बिप्लव नेतृत्वको नेकपाले जिल्लाभर गठबन्धन बिरूद्व स्वतन्त्र उमेद्वार दिने निर्णय गरिसकेको छ । नेकपाका प्रभावशालि नेता प्रकाण्डले निर्वाचन आयोगमा दलदर्ताको परामर्श गरेको एक दिन पछि उनको गृह जिल्लामा उनको पार्टीले चुनावमा स्वतन्त्र लड्ने निर्णय पुग्नु सत्तागठबन्धनका लागि चुनौति थपिएको छ ।
स्थानिय तह निर्वाचनका लागि दिन नजिकिदै गर्दा पनि सत्ता गठबन्धनले गठबन्धनको स्पस्ट गाईडलाईन दिएको छैन । निर्वाचनलाई साझा एजेण्डा बनाउन सहमत भएका दलहरूले स्थानिय तहमा कसरी भागबन्डा मिलाएर जाने भन्नेमा आफ्नै आफ्नै तयारीका आन्तरीक निर्देशन गरिरहेको बुझिएको छ ।
माओवादी अध्यक्ष प्रचण्डको गत स्थानिय तहमा प्राप्त सिट संख्याका आधारमा जहाँ जसले जितेको छ सोही अधारमा सिट संख्या बाड्ने र हाल एमाले संग रहेका पालिका नेतृत्व बागबन्डा गर्ने र चुनावमा जाने माओवादी गाईड लाईन छ यसरी हेर्दा बिगतमा कालिकोटमा पाच पालिका पुर्ण र नरहरिनाथमा उपाध्यक्ष जितेको थियो । कांग्रेस एमाले मिलेर महावैमा कांग्रेसले अध्यक्ष जितेको थियो भने दुई पुर्ण र नरहरीनाथमा अध्यक्ष र महावैमाउपाध्यक्ष जितेको थियो । गठबन्धनमा जादा माओवादीले चारमा समिति हुनु पर्ने र कांग्रेसले तीन समाजवादीले दुईमा मनाउने प्रस्तावमा कांग्रेस छ । त्यसरी जादा माओवादीले आफुभित्रको सेटमिलाउन नसक्ने बताईरहेको छ । गठबन्धन बैठकमा बस्ने नेताहरूले आफ्नो आफ्नै स्थानिय तह र आफै आफै ताक्ने समस्याले पनि गठबन्धन भाडिने स्थितिमा पुगेको कांग्रेस एक नेताले बताएका छन ।
गठबन्धन बनेको छ ,पछि परिणाम फरक आउदा दोस पाईन्छ भन्नेचिन्ताले नेताहरूले मुख नखोलेपनि गठबन्धन हुदा आन्तरिक प्राबिधिक कुरा नमिल्दा गठन्धनले वलिलाई फाईदा हुने चर्चा पनि बजारमा निक्कै छ । सत्ता गठबन्धनले पहिले त सिट बागबन्डा मिलाउन फलामे चिउरा हुने छ भने सिट मिलाए आकाक्षिबाट उमेद्वार मिलाउन झन कठिन हुने छ। बहुसंख्याक उमेद्वारका आकाक्षि असन्तुस्ट हुने छन र आफू अगाडि टप्छु भन्ने दाउ एमालले पालेर बसेको छ भने अर्को सत्ता गठबन्धनका अगाडि चुनौति मत बदरको हुने छ । एमाले एक वा दुई दलमा हुने छ भने वडा सम्म सदस्य बिभाजन गर्दा सत्ता गठबन्धनको भोट धेरै सख्यामा बदर हुने बिश्लषण छ । वडामा सदस्य पनि दलिय भागबन्डामा आए खुल्ला सदस्य ,दलित महिला सदस्य , समाबेसि महिला सदस्यका लागि फरक फरक चिन्नमा स्वस्तिक छाप लगाउन जनतालाई लगाउदा बहुसंख्यामा भोट बदर हुने सम्भावना रहन्छ भन्ने मनोबिज्ञान एमाले संग छ भने ती सबै प्रतिकुल्ता माओवादीका लागि चुनौति हुन ।