रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

नवनिर्वाचित ९ वटै पालिका प्रमुख ले लिए शपथ

कालिकाेट~जिल्लाका नौ वटै पालिका प्रमुखहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले नाै वटै पालिकाका प्रमुखलाई शपथ खुवाएका हुन् ।

सपथग्रहण तथा गाेपनीयता आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिको सभाहलमा खाँडाचक्र नगरपालिका प्रमुख कमल शाही, तिलागुफा नगरपालिका प्रमुख शङ्करप्रसाद उपाध्याय, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही, नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसी, पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकाया(ईन्द्र), पचालझरना गाउँपालिका अध्यक्ष देवजङ शाही, शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र आचार्य र महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह (भिजन) ले शपथ लिएका हुन्।

जिल्लाका नौ स्थानीय तह मध्ये खाँडाचक्र नगरपालिका र शान्नीत्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार कमल शाही र मोहन केसीले जितेका थिए । रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, शुभकालिका गाउँपालिका र महावै गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले जित हात पारेका हुन् । भने

तिलागुफा नगरपालिका र नरहरीनाथ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाका तीन स्थानीय मध्ये एक नगरपालिका र दुई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले उपप्रमुख र उपाध्यक्ष जितेका छन् । माओवादी केन्द्र पाँच प्रमुखसहित चार उपप्रमुख र उपाध्यक्ष, कांग्रेसले दुई प्रमुखसहित एक उपाध्यक्ष जितेको छ । दुई प्रमुखमा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

शपथसँगै तत्काल पदभार ग्रहण गर्नेमा खाँडाचक्र नगरपालिका प्रमुख कमल शाही, तिलागुफा नगरपालिका प्रमुख शङ्करप्रसाद उपाध्याय, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही भएका हुन् । यस्तै नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसी, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहंले पनि पदभार ग्रहण गरेका छन् । कार्यक्रममा कालिकाेट जिल्ला प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा, जिल्ला प्रहरी कार्यालय प्रमुख सिद्धराज न्याैपाने, विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारी, राजनिती दलका प्रमुख लगाएत पत्रकारहरुकाे सहभागी रहेकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !