कालिकोटको बिकास सबै मिलेर गर्नु पर्ने पचालझरना गाउपालिका उपाध्यक्ष अल्किना बम बबिताले बताउनु भयो नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्न उद्योग बाणीज्य संघ कालिकोटले सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै पचालझरना गाउपालिकाका उपाध्यक्ष अल्किना बमले जिल्लाको बिकास , सबै स्थानिय तहका जनप्रतिनिधिको एक आपसको सिकाइ साटासाट गरेर ,पत्रकार ,राजनितिक दल संघसंस्था सबैको साथ सहयोगले बिकास हुने बताउनु भयो ।यसैबिच कालिकोट महावै गाउपालिका अध्यक्ष खेम बहादुर सिह ( भिजनले कालिकोटमा एक स्थानिय तह एक प्रभावशाली उद्योग सन्चालनमा ल्याउनु पर्ने बताउनु भयो । कालिकोट जिल्ला उद्योग बाणीज्य संघले जिल्ला सदरमुकाममा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता तथा महावै गाउपालिका अध्यक्ष सिहले समाजवाद उन्मुख अर्थतन्त्र र हाम्रो संबिधानले राखेको उधेश्य पूरा गर्न कालिकोटका हरेक स्थानिय तहले एक, एक उद्योग सन्चालन गर्न जरूरी रहेको बताउनु भयो । उद्योग बाणिज्यसंघ कालिकोटको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै सिहले कालिकोटको बजार आयातमुखि मात्र भएकाले जिल्लामा गरीबिको दर बढी रहेको भन्दै स्थानियतह निर्वाचन २०७९मा सबै पालिकामा युवाहरूको टिम बिजयी भएकाले युवाहरूले नया देखाउन र बिकासका नया मोडेल तयार गरि अगाडि बढ्ने बताउनु भयो । उहाले सामाजिक सुशासनलाइ ध्यान दिदै कालिकोटको उत्पादीत बस्तुलाई नै अब हरेक स्थानिय तहले खरित गरि प्रयोग गर्नु पर्ने बताउनु भयो । उद्योग बाणिज्य संघका अध्यक्ष रतन बहादुर शाहीको अध्यक्षयतामा भएको कार्यक्रममा कालिकोटका ९ वटै स्थानिय तहका जनप्रतनिधिसहभागि रहेका थिय ।बजार अनुगमन ,मुल्यनियन्त्रण र उत्पादनमा उद्योग बाणिज्यसंघले थाल्ने अभियानमा आफ्नो साथ सहयोग रहने सिहको भनाई रहेको थियो ।