जिल्लाको ठूलो सहकारी संस्था हिमचुलि कृषि सहकारी संस्था लि. को १३”ओै बार्षीक साधारणसभाबाट पुन काली ब महतारा अध्यक्षमा चयन भएका छन ।आइतबार उद्वघाटन भएको सहकारीको १३ साधारणसभाको बन्दसत्रबाट महताराको नेतृत्वमा १३ सदस्यी सन्चालक समिति गठन गर्दै साधारणसभा सम्पन्न भएको हो । सोमबार सम्पन्न बन्दसत्रले नेतृत्व चयन गरे पछी आज घोषणन गरिएको छ । सहकारीका अध्यक्ष काली ब महताराको नेतृत्वको सन्चालक समितिको उपाध्यक्षमा पुर्व सचिव सरोज बोगटी र महिला उपाध्यक्षमा दमिला शाही चयन भएका छन । समितिको सचिवमा पौरख बिक चुनिएका छन । सन्चालक समितिको कोषाध्यक्षमा कृष्णकला पाण्डे चयन भएकी छन ।
संस्थाको केन्द्रीय कार्यालय मान्ममा उद्घघाटन भएको सहकारीको बार्षीक साधारणसभामा मा यश अघि सबै पालिकामा रहेका सेवा कार्यालयबाट छनोट भएका प्रतनिधिको सहभागितामा सुरू भएको साधारणसभाबाट नया नेतृत्व चयन गरेको हो । साधारणसभाबाट चुनिएकन पदाधिकारी र सदस्यहरूले आजै पदभारग्रहण गरेका छन ।कालिकोट मान्म स्थित हिउँचुली कृषि सहकारी संस्था लि. काे १३ओेै साधारण सभा बाट नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष काली बहादुर महतारा (रबिन्स) उपाध्यक्ष सरोज बोगटी ( बिपिन), उपाध्यक्षमा -दमिला शाही सचिव पौरख बि.क काेषाध्यक्ष कृष्णकला पान्डे सहित १३ जना चयन भएका छन ,साधारणसभाले बल ब बुढाको संयोजकत्वमा लेखा समिति चयन भएको छ