रेडीयो प्रदेश आवाजले आयोजना गरेको रेडीयो संवाद , बिकासका लागी बहसमा कुरा गर्दै शान्नीत्रीर्बेणी गाउँपालीका अध्यक्ष मोहन बहादुर केशी ( महेश) ले सेवाग्राहीले काम नजानेर सास्थी पाउने सेवाप्रदायक कर्मचारी र जन प्रतिनिधि शासक भएर ठेकदार जस्तो हुने परम्पराको आफ्नो कार्यकालमा अन्त गर्ने बताउनु भयो । स्थानीय तह निर्वाचन २०७९मा सान्नीत्रिर्बेणी गाउँपालीकामा माओवादी केन्द्रबाट बागी लडेर बिजयी भएका पालीका अध्यक्ष केशीले गाउँपालीकालाइ प्रगतीमा लिन सेवामा उत्तरदायी र सहज , कार्यमा तत्परता , आर्थीकरुपमा पारदर्शीता र शुसासन आफ्नो पहीलो निर्णय भएकाले त्यसका लागी सबै सरोकारवालालाइ सहयोगका लागि आग्रह गर्नु भयो भने कार्यन्वयनमा तयार रहन सबै पालिका कर्मचारिलाइ सकेको बताउनु भयो । उहाँले आफुलाई कसैको दवाव स्वीकार्य नहुने यदी त्यो हुने भए आफु पालीकामा उम्मेदारनै बन्न नसक्ने भएकाले निर्णयमा अलि कठोर भएर पनि पार लागीने महशुस भएको बताउनु भयो । उहाँले सान्नीत्रिर्बेणीको बिकासका लागी ५ बर्षे रणनिति गुरु योजना बनाएर अगाडी बढ्ने बताउनु भयो । उहाँले सामाजीक सुरक्षाभत्ता घरघरम, असार भित्रै १ सय घरधुरी बिपन्न्लाइ टिनको छाना दिने । जनता संग अध्यक्ष ,उपाध्यक्ष कार्यक्रम मार्फत जनतामा शुसासन दिन घरघरमै जाने बताउनु भयो । अध्यक्ष केशीले अब बर्षभरी घाम ताप्ने घुमफिर गर्ने असार मसान्तमा चटारो पार्ने परिस्थीतको अन्त हुने बताउनु भयो । अब साउनमा बजेट कार्यन्वयमा समय लाग्छ भदौमा सम्झौता गरेर सक्ने बताउनु भयो । हिउदभरी पालीकामा काम नपाए बिदेशिने वाहरुको संख्या पनि घट्ने बताउनु भयो । फरक प्रशंगमा कुरा गदै अध्यक्ष केशीले आफु निर्वाचन ताका स्वतन्त्र नभएर माओबादी केन्द्रको बागी उम्मेदार भएको बताउनु भयो । जनताको चाहाना बिपरीत काम गर्ने अनी आफुले जनताको सुजाव अनुसार नै उम्मेदार भएको र जितेको बताउनु भयो । नाम नखुलाए पनि सान्नित्रीर्बेणीमा जिल्ला नेतृत्वले समेत फेल भएको बताउनु भयो ।पार्टी केन्द्रको सर्कुलर पुर्व जनप्रतनिधि विशिष्ट परिस्थिति बाहेक नदोर्याउनु भन्ने हुदाहुदै कब्जा गरेर टिकट लिएर चुनाव लड्ने अनि हामिलाइ स्वतन्त्र भन्ने हुदैन म जनयुद्व लडेको मान्छे हु म नलडेको पार्टी सदस्य नभएको स्वतन्त्र होइन म माओवादी केन्द्रको सान्नित्रिर्बेणिको अध्यक्ष छदै छु समीक्षा भैरहेको छ पार्टी समस्या सामाधान गर्न समिति बना छ त्यसको रिपोट के आउँछ त्यसका आधारमा चल्ने बताउनु भयो ।