कालीकोट,मुगु ,जुम्ला र हुम्लाका कमाण्ड इन्चार्ज पुर्व मुख्यमन्त्री तथा तत्कालीन माओवादी सेनाका डिभिजन कमाण्डरलाई पार्टी स्थायी कमीटीमा नसमेटेको भन्दै सर्बत्र बिरोध हुन थालेको छ । माओवादी अध्यक्ष प्रचण्ड र प्रभाकरलाई आज दुई शब्दको रैबार पस्केका छौ आज पोलिट ब्युरो घोषणा गर्दै गर्दा कम्रेड प्रज्वलको नाम बिस्रीयौ , हिजो केन्द्रिय सदस्य घोषणा गर्दै गर्दा कम्रेड जिवन र दुर्ग रावत बिस्रीयौ । कम्रेड बिर्सनुको पनि हद हुन्छ बिर्सेकै हौ भने त्यो भुल हो त्यसलाई सुधार गर्न सकिएला । अध्यक्ष कम्रेड प्रचण्ड तपाइको दिमाखमा तपाइलाई आज दक्षिण एसियाको यो राजनितिक उचाइ दिनेमा तपाइको बिचार ,दुरदर्सिता र कालीकोट, हुम्ला, जुम्ला र कर्णालीका जनताको त्याग कम छैन ।तपाइले चिनेको रुकुम रोल्पा भन्दा कालीकोटका जनातको के पुगेन यहाँका जनताको पनि त्यतिकै त्याग तपश्या र बलिदान छ । के जनयुद्ध ताका कालीकोटे युवाहरु कम सहभागी भएर कम बलिदान गरेका हुन ? के कालीकोटमा रोल्पा रुकुम भन्दा जनयुद्धमा ज्यान बलीभेदी चढाउनेको लिस्ट कम भएको हो ?के आज हामीसंग युद्धको घाइते प्यारालाइसेस भएको जिवन जिउनेको लिस्ट कम भएको हो ? के यहाँ जनयुद्ध ताका आधार इलाका निर्माण भएको होइन ? अनी सान्ति प्रक्रिया पछि पार्टी बिभाजनमा जादा होस या एकता रुपान्त्रण र संघर्षमा कालीकोटको भुमिका कम दर्ज भएको छर ? अनी सान्ति प्रक्रिया पछि भएका संसदीय वा स्थानीय निर्वाचनमा हामीले निर्वाचन जित्न कसैको बुइ चढ्नु प्रयो र ? परेन । तत्कालीन नेता कम्रेड प्रकाण्ड पार्टी बिभाजनतिर लाग्दा समेत कालीकोटमा निर्वाचन जितेर यो पार्टीको साँख जोगाउनेमा के कालीकोटको भुमिका नपुगेको हो र ? अहिले कम्रेड प्रचण्ड तपाइलाई सल्लाह दिने बिस्वास गरेका नेताहरु बरु स्थानीय तह निर्वाचनमा वडा हारेर पालिका हार्दै तपाइलाई भ्रमित पार्न फेरी तपाइको वरीपरी घुमीरहेका छन ,दौडिएका छन के प्रज्वलको त्यो पुगेन र ? प्रभाकर र प्रचण्ड जस्तै अर्को राशि मिलेको नाम हो प्रज्वल अनि प्रज्वल कसरी परेन तपाइको डायरीमा ? अनी प्रभाकर ः राशि त मिलेको छ बिगतमा जनयुद्ध ताका तपाइको डिपुटी कमाण्डलाई सफल बनाउन लागेको हिजो जिवनबुढा बिस्रीयौ आज महेन्द्र शाही कम्रेड प्रज्वललाई बिस्रीयौ बिर्सदै गर्नु केही फरक पर्दैन हिजो स्वभाव पनि मिल्ने कमाण्ड मिल्ने अनि पोलिट ब्युरो प्रचण्डलाई नाम टिपाउदा कालीकोट कसरी बिर्सीयौ उ बिगत फर्केर हेर्दा कम्रेड प्रभाकरले कालीकोटलाई नबुझेको भन्न मिल्छ र ? कि रुकुम छाड्न सकेनौ तपाइलाई आज देसको यो उचाइमा पुर्याउने रुकुम मात्र होर ? कम्रेड प्रभाकर तपाइले रुकुमका आधा दर्जन केन्द्रिय सदस्य बनाउदा तपाइले कालीकोटका जिवन बुढा बिर्सनु भयो आज पनि ब्यति बिशेषको नाम लेख्दा उत्तम नहोला तपाइले केन्द्रीय समिति र पोलिट ब्युरो बनाएका रुकुमका ब्यक्ती भन्दा, सुदुर पुर्वका बिद्यार्थी र वाइसिएल भन्दा महेन्द्र शाही कम्जोर पात्र हुन र ? कालीकोटमा माओवादी जनयुद्धले जन्माएका थुप्रै प्रभावशाली नेता अहिले बिभिन्न पार्टीका नाममा छिन्नभिन्न छन । तर माओवादी केन्द्र भित्र चर्चाका यी दुइ नाम प्रचण्ड ,प्रभाकरसंग प्रज्वल जोडीदा के फरक पर्छ र ? पर्देैन । अहिले पनि माओवादी उचाइ कालीकोटको कारण कायम भएको घाम जस्तै छर्लडगै छ । तत्कालिन जनयुद्ध ताका हारेको युद्धलाइ हरेक घुम्ति मोड उतार चडावका बिचबाट संसदीय मोर्चामा सफल पार्टी र माओवादी साख जोगाउने यी दुइ नामसंग जोडीएको प्रज्वल र भुगोलका दृष्टीले जनयुद्धका तुफानी केन्द्र रुकुम रोल्पा जस्तै कालीकोट कसरी बिस्रीयौ । एक पटक ठण्डा दिमाखले सोच्ने अबसर प्रचण्ड र कम्रेड प्रभाकरलाई छ भने संसदीय मोर्चामा माओवादी जनयुद्धको साख हाल सम्म जोगाउने कालीकोट एक जिल्ला हो । यहाँका बासिन्दा नेता तथा कार्यकर्ता अहिले पनि माओवादी आन्दोलनको उपलब्धी रक्षार्थ बिभिन्न बेला बलिदान चढाउन तल्लीन रहे जस्को कारण आज माओवादी केन्द्र कालीकोट जिल्लामा हरेक बेलाका संसदीय तथा स्थानीय निर्वाचनको मोर्चा बिजेता बनेको