रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कृषिबाटै आत्मनिर्भर बन्ने उद्देश्य छ रास्कोटका माओवादी नेता मुस्कानको

  1.     नेपालका नेताहरुको जनजिब्रोमा झुन्डिएर बसेको शब्द हाे समाजवाद उन्मुख राज्य ब्यवस्था र आत्मनिर्भर अर्थतन्त्र, तर त्यसका लागि अनुदान मुखी होइन उत्पादनमुखी अर्थतन्त्र र औद्योगिक बिकास हुन जरुरी छ । भन्दा त्यसो भने पनि त्यही क्षेत्रबाट जनताको अमुल्य मत लिएर कुर्चिमा पुगेका हाम्रा अधिकार प्राप्त जनप्रतिनिधिका अगाडि चुनौति थपिन्छ अर्थतन्त्र बितरणमुखी अनुदान कि उत्पादनमा केन्द्रित बितरण तर बितरणमुखी अर्थतन्त्रको अनुदानमुखी सोचका साथ अगाडि बढेको देखिन्छ । मानिस त अनुदानमै बढी सन्तुष्ट भएको पनि देखिन्छ । सरकारको लोकप्रियताका लागि सरकारमा पुगे पछि तलव नबढाए कर्मचारी खुसी हुदैनन् , सामाजिक सुरक्षाभत्ता नबढाए बुढाबुढी, एकल तथा बालबालिका खुुसी हुदैनन् सहकारीलाई अनुदान नदिए सहकारी भड्किन्छन अनि त्यसैमा बजेट केन्द्रित हुने समस्या नेपालमा नयाँ होइन । त्यस कारण हाम्रो सरकारको आन्तरिक आयश्रोत निक्कै घट्दो क्रममा छ अज भन्दा स्थानिय तहमा त झनै कम छ ।                   हाम्रा स्थानिय निकाय त झन गरीब छन । त्यसकारण स्थानिय सरकारले साना उद्याेगीक कृषि तथा पशुपालनमा केन्द्रित कार्यक्रममा लगानी गरेर कृषि ,वन ,पशुपालन र पर्यटन हाम्रो आम्दानीको मुख्य साधनश्रोत हुन सक्छ । तर त्यसमा लगानी निक्कै कम मात्रामा रहेको देखिन्छ । भने उनिहरुको लगानीको सुनिश्चितता नहुदा यस क्षेत्रमा लागेका ब्यवसायीहरुको पनि निक्कै मनोमल घट्दै गएको छ । त्यस्तै उदाहरण हुन लामो समय तत्कालिन अबस्थामा द्वन्द्धताका भुमिगत जीवन बिताएका रास्कोट नगरपालिका १ निवासी ध्वज बहादुर शाही कम्रेड ( मुस्कान ) उनले १० रोपनी जग्गामा अर्गानीक तरकारी खेति र फलफुल खेति गरिरहेका छन । राजनितिमा लागेकाले नेतागिरी संगसंगै ब्यवसाय गर्नुपर्छ भन्ने मान्यता बेाकेका शाहीले आफ्नै घरआगनमा जीवन आात्मनिर्भर बनाउने उपाय रचेका छन । उनले कृषि हाइटेक नर्सरी ब्यवसायी फम दर्ता गरेर ब्यवसायीक रुपमा कृषि पेसा थालेका छन । अहिले उनको घरआगनमा रहेको बारीमा उत्पादन भएको अर्गानिक तरकारी, केरा, फलफुल बिक्रिबितरणका लागि बजार नहुदा कतिपय तरकारी फलफुल बारीमै कुहिएर जाने गरेको छ । उनको घर छेउको बारीमा आजभोली हेरीरमाउनु तरकारी खेति , फलफुल र नर्सरीमा बिरुवा रहेका छन । भैसी पालेको छ बाख्रा र पशुपालन पनि गरिएकै छ । नर्सरी छ बोटबिरुवा उत्पादन गर्छु केरा, स्याउ , आरु नास्पतीले ढकमक ढाकेको घरआगनमा बस्न निक्कै आनन्द छ उनले भने । उनले श्रीमती मैना शाहीको नाममा सुन्दर कृषि हाइटेक नर्सरी ब्यवस्थापन गरेर ब्यवसायी रुपमा लागेका छन । यो समय वर्षातको समय हो । यो समयमा बोटबिरुवा रोप्ने समय भएकाले नर्सरीमा फलफुलका बिरुवा रहेका छन । रास्कोट नगरपालिका १ मा रहेको सुन्दर कृषि हाइटेक नर्सरीमा पुगेर सुन्तला, कागती ,अलैजी, केरा, ओखर, अनार लगाएत बिभिन्न प्रजातीका बिरुवा खरीद गरी रोपेर आम्दानी बढाउन शाहीले नजिकका आफन्तलाई सल्लाह दिइरहेका छन । उनको बगैचामा ५ सय टिमुरका बिरुवा र स्याउ कागती रोपेका छन । गत स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षका दाबेदार रहेका शाहीलाई पार्टीले टिकट नदिएर सहकर्मी उदयराम आचार्यलाई दिए पछि उनि अहिले पार्टीका्े सक्रिय राजनितिसंगै ब्यवसायी कृषि खेती तर्फ आर्कसित भएका छन । कृषकको उत्पादीत बस्तुहरू बजारीकरणका लागि पहल गर्ने नगर सरकारको योजना सुरू भए उनको तरकारी र ,फलफुलले बजार पाउने आसमा उनी छन । रास्कोट नगरले नगरभरी कृषकलाई उत्पादनमा केन्द्रित गर्न उत्पादीत बस्तु खरितबिक्रिको ब्यवस्थापन गर्ने नीतिलिएको छ मुस्कानले भनेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !