रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

प्रथम मुख्यमन्त्रिको आग्रहमा स्व लगानिमा वल्डलिंकले कालिकोटका गाउँगाउँमा फाइवरसेवा दिदै

फोर्जि सेवाको पर्खाइमा रहेका कालिकोटका ग्रामिणभेकका स्थानियले अब फाइवर सेवा पाउने भएका छन । इन्टरनेट प्रयोगकर्ताले अब फोर्जि चलाउन डाँडा धाउनुपर्दैन । पहाडै पहाड डाडाकाडाले भरीएको कालिकोटमा ग्रामिण बिद्युतिकरण नहुदा कतिपय ठाउँमा नेपाल टेलिकमका सेवा प्रभावकारी नभएका बेला गाउँगाउँमै फाइवर सेवा सुचारू गर्न लागिएको हो । बिद्युत प्रसारण लाइन भए फोर्जि चल्ने बिद्युत नहुँदा बन्द हुने र कतिपय खोलाखोल्सामा टेलिफोनले समेत काम गर्दैन थियो ।                   अब कालिकोट हुँदै जुम्ला सम्म फाइवर सेवा जडान गरेको वल्डलिङ कम्पनिले कालिकोटका ग्रामिण भेकमा पनि फाइवर मार्फत इन्टरनेट सेवा दिने भएको हो । यस अघि कर्णालीमा इन्टरनेट के हो? भनेर नागरिकले जानकारी नै नपाएका बेला वल्डलिङले गाउँगाउँमा वार्लेस मार्फत इन्टरनेट सेवा दिएको थियो । कर्णाली प्रोजेक्ट मार्फत नेपाल दुरसञ्चार प्राधिकरणसंगको समन्वयमा कर्णालीका सबै वडा कार्यालय , मावि विद्यालय सम्म १ वर्ष निशुल्क इन्टरनेट सेवा दिएको थियो । बिगत केही वर्ष कर्णालीमा फ्रि इन्टरनेट चलाउने वारलेस सेवा दिएको वल्डलिंङले अब कालिकोटको सान्नित्रिवेणी, रास्कोट ,पलाता र पचालझरनामा फाइवर सेवा दिने भएको छ । त्यसको सम्भाब्यता अध्ययनका लागी कर्णालीका पुर्व मुख्यमन्त्री तथा प्रदेश निर्वाचन क्षेत्र “ख “का माननिय महेन्द्र शाही वल्डलिंक कम्युनिकेशन प्रालिका कन्ट्री मेनेजर किरण गौतम ब्यवस्थापक महाप्रबन्धक सियो केसव नेपाल , कर्न पनेरू सुदुर पश्चिम प्रमुख र कुलमान पुलामी जुम्ला प्रोजेक्ट म्यानेजर सहितले सम्भाब्यता अध्ययन गरेर फर्केको छ ।                                       रास्कोट नगरका प्रमुख धर्मराज शाही (पोषण) ,पचालझरना गाउँपालिका अध्यक्ष देबजंग शाही अग्नि) लगाएतले सम्भाब्यता अध्ययनका क्रममा सेवा प्रदायक कम्पनिलाई सहयोग गर्ने बताउनु भयो । २०५२ सालमा स्थापना भएको कम्पनिले ग्रामिण भेकलाई इन्टरनेट सेवा बाट विश्वलाई सूचना सञ्चारको दुनियासंग जोड्ने काम गरिरहेको छ । कर्णालीमा दुरसञ्चारसंग मिलेर कर्णाली प्रोजेक्टर र गन्डकी प्रोजेक्ट मार्फत कर्णाली जस्ता बिकट ठाउँमा इन्टरनेट दिएको थियो । सुर्खेत जुम्ला १७८ किलो मिटरमा स्व लगानिमा अप्टिकल फाइवर अन लिमिटेड दुर्त गतिको इन्टरनेट सेवा प्रदान गरिसकेको वल्डलिङले अब ग्रामिण भेकमा पनि हात हालेको छ । आफुले कर्णालीका पुर्व मुख्यमन्त्रि महेन्द्र शाहीको विशेष आग्रहमा र यस क्षेत्रका पालिका प्रमुखको आग्रहमा काम गर्न लागेको ब्यबस्थापक गौतमले बताउनु भयो ।यस क्षेत्रको लगानिले कम्पनि घाटामै हुन्छ ।घरमा मासिक १ हजार तिरेर राउटर राख्ने मानिस कम पाइन्छन , एका घरमा मिलेर राखे वारलेसले सबैको मोवाइलमा जैन गर्न मिलिहाल्छ तर पनि पुर्व उर्जा मन्त्रि प्रदेशको मुख्यमन्त्रि जत्तिको मान्छेले यो आग्रह गरे पछि नकार्न नसकेर तत्काल सेवा दिने गरि काम गर्ने उहाँको भनाइ छ । ति क्षेत्रमा खाडाचक्र नगरपालिका मान्मबाट ग्रामिण बिद्युतको पोल हुँदै पलाता थिर्पुसम्म पुर्याइने योजना अनुसार काम हुने कर्णालीका कम्पनि प्रमुख कुलमान पुलामीले रेडियो प्रदेश आवाजलाई बताउनु भयो । सिसाको तार मार्फत आफ्नै लगानिमा सेवा दिने यो पहिलो सेवा प्रदायक भित्रिदा आफू खुसि रहेको रास्कोट नगरका प्रमुख धर्मराज शाहीले बताउनु भयो छ । फाइवरले चाहिए जति सेवा दिन्छ वारलेसमा लिमिट हुन्छ त्यसैले कर्णालीमा पहिलो चोटि फाइवर दिने कम्पनिको स्वागत गर्नु पर्ने र कामको प्रशंसा गर्नु पर्ने रास्कोट ६ सान्तिघाटकन ब्यवसायी गौरी संज्याल र कमल बमको भनाइ रहेको छ । टेलिकमले पनि सेवा दिन नसकेको बेला बिद्युत प्राधिकरणसंग सम्झौता गरि पोलको भाडा तिरेर सेवा दिरहेको छ ।                       आखिर नागरिकको सेवाका लागि बिद्युत प्राधिकरणले पोलको भाडा नलिदा पनि हुने हो तर भाडा तिरेर सेवा दिने र अहिलेको मानिसको रक्त सञ्चार भन्दा महत्वपुर्ण मानिएको सञ्चार क्षेत्रमा राज्यले लगानि गर्नु जाहेज हुने र सान्ति घाटमा पनि पैन छाडेर सेवा दिन अनुरोध गरे । ग्रामिण दुरसञ्चार कोषबाट टेन्डर लिएर दुरसनञ्चार प्राधिकरण र वल्डलिङ लिमिटेडले सुरूमा काम गरेको र हाल कम्पनिले सो लगानिमा बिकटमा इन्टरनेट दिइरहेको । लगानि उठ्न सक्ने अबस्था छैन तर कर्णाली पारिका स्थानिय तहमा फाइवर बिछाउन मात्रै ५० लाख बढि लगानि हुने ब्यवस्थापक गौतमको रहेको छ । फाइवर जडान भए बिद्युत हुदा नहुदा इन्टरनेट जादैन र फोर्जिमा मोवाइल डाटा लिएर डाडापाखामा उभिएर सेवा लिनु पर्दैन उनले भने अब सहजै सेवा दिने छौ । बिद्युत प्राधिकरणसंग समन्वय गरेर आफुलाइ पोलमा निशुल्क फाइवर तान्न दिए पनि त्यो ठूलो राहत हुने ब्यवस्थापक किरण गौतम बताउनु हुन्छ । त्यसका लागि यस क्षेत्रका नेता पुर्व संघिय सरकारका उर्जामन्त्रि तथा कर्णालीका प्रथम मुख्यमन्त्रि लागि रहेको र वर्तमान उर्जामन्त्रिले आश्वासन दिएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !