रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोटमा बेपत्ता हुनेको संख्या २२ पुग्यो

रत्न कर्की
२०७९ असोज २4 कालिकोट
कालीकोट तिलागुफा ४ राचुलीमा मलामी आएका १३ जना पहिरोमा पुरीएर बेपत्ता भएका छन । कालीकोट प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार आइतबार दिउसो राचुली गाउँबाट तिलानदी छेउमा आफन्तको मलामी आएर लास जलाइरहेको ठाउँमा पहिरो खस्दा पहिरोमा परी वडा नं ४का अध्यक्ष समेत रहेका वर्ष ५६ का पर ब शाही र सोही गाउँका वर्ष ४१ मोतीलाल शाही, वर्ष २३ का प्रसान्त शाही, वर्ष ३३ का छत्र ब शाही, वर्ष २४ का नरेश शाही, वर्ष ५५ का धन ब शाही ,वर्ष ७६ का अली शाही ,वर्ष ५७ का मान ब शाही ,वर्ष २३ का खेमराज शाही, वर्ष २३ का भेष ब शाही , वर्ष २८ खगेन्द्र ब शाही, वर्ष ५५ का धन ब शाही, वर्ष ४७ का काली ब शाही पनि बेपत्ता भएका छन । उनिहरु सबै गाउँमा मृत्यु भएकाको मलामी आएका हुन । तिलाकर्णाली नदी छेउमा लास जलाउदै गरेको बेलामा माथीबाट खसेको पहिरोमा पुरीएर सबैको ज्यान गएको र उनको खोजी र उद्धारका लागी पहल भैरहेको कालीकोट प्रहरीले जनाएको छ ।
यस्तै, जुम्ला घर बिदावाट कार्यक्षेत्र फर्किँदै गरेका प्रहरी जवान पदम रावत टाकुल्ला खोलामा बगेर बेपत्ता भएका छन । दशैँ मनाउन घर बिदा गएका रावतसहित तीन जना प्रहरी पैदल जुम्लाबाट सुर्खेततर्फ फर्किँदै थिए ।
पचालझरना ७ का पुरीलाल बोहोराको घर भत्किदा च्यापीएर उनि पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
यो सहित कालीकोटमा बाढी र पहिरोमा परी बेपत्ता हुनेको संख्या २१ पुगेको हो ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालीका ७ बालीगाउँमा पनि आइतवार निरन्तरको वर्षाका कारण बाढी र पहिरोले घर भत्किदा एक परीवारका ५ जना बेपत्ता भएका छन उनी सहित तिलागुफामा बपत्ता हेनेको संख्या १९ पुगेको छ । स्थानीय ध्रुवराज विष्टको ५ जनाको परिवार बेपत्ता भएको प्रहरीले बताएको छ । तिलागुफा नगरपालीकाकै राचुली र बालिगाउ ,भैसेगौडामा गरि पहिरोमा परी बेपत्ता हुनेको संख्यन १९ पुगेको छ । तिलागुफामा मात्रै बाढी र पहीरोमा परी बेपत्ता हुनेको संख्या १९ पुगेको हो १ जना तिलागुफाकै भैसेगौडामा बाढीले बगाउदा बेपत्ता भएका छन । उनी सहित १९ जना तिलागुफामा १ जना पचालझरना र १ सान्नित्रिर्बेणीमा गरि २१ जना बेपत्ता भएका छन ।

आइतबार घरमाथिबाट खसेको पहिरोले घर बगाए पछि तिलागुफा बालीगाउँका धुर्बराज विष्टकी ३५ वर्षीया श्रीमती ममता बिष्ट १५ वर्षीय छोरा भरत बिष्ट १३ वर्षीय छोरा कृपेश र ११ वर्षीया छोरी ज्यानी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले बतानु भयो । उता सान्नित्रिवेणी गाउँपालिका वडा नं ८ को मुम्रामा जस केशीका छोरा वर्ष १५ का कवुल केशीको मृत्यु भएको छ । त्रिवेणीमा पहिरोले ध्रुवराजका दुई घर र छिमेकीको घर पनि बगाएको छ । ५ दिनदेखि लगातारको वर्षा नरोकिएका कारण बेपत्ता भएकाहरूको खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । तिलागुफाकै वडा नं ६ भैसैगोडास्थित जोरासिंह शाहीको घर पहिरोले पुरिँदा उनकी ८० वर्षीया आमा लालका शाही बेपत्ता भएको प्रहरीले जनाएको हो । पहिरोले कर्णाली करिडोर र कर्णाली राजमार्ग अवरुद्ध छ । ५ दिन सम्मको बेमौसमि बर्षाेले कालिकोटमा ठूलो धनजनको क्षेति भएको र बिवरण आउनेक्रम जारी रहेको कालिकोट प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !