केहि दिन यता लगातार भएको भिषण बर्षाका कारण आएको बाडी पहिरोले घरवार गुमाएका प्रभाबित आफ्ना नागरिकलाइ रास्कोट नगर सरकले तत्कालै राहत बितरण सुरू गरेको छ ।
रास्कोट नगरसरकारका प्रमुख धर्मराज शाहीले आफै प्रभाबित क्षेत्रमा पुगेर चामल दाल र ओद लाग्न त्रिपाल बितरण गर्नु भएको हो । रास्काेट नगरपालिका वडा नं. ३ का पुगेर,नगर प्रमुख शाहीले १६ वटा पुर्ण क्षती भएका घरधुरी लाई पहिलो चरणमा राहत वितरण गर्नु भएको नगर प्रमुखको सचिवालयका गौरी दर्जिले बताउनु भयो । उहाका अनुसार वाकि क्षती भएका घरधुरीलाई राहत तथा उद्दार गरिने नगर सरकारको योजना रहेको छ । पहिलो चरणमा प्रतिघरधुरी १ थान त्रिपाल तत्काललाइ १ कट्ठा चामल र ५ Kg दाल
बितरण गरिएको बताउनु भयो ।
कर्णाली प्रदेशको कालिकोट लगायत विभिन्न जिल्लामा जनधनको ठुलो क्षतिले भएको थियो । भिषण बर्षाका कारण क्षेति भएका बाढी प्रभावित नागररिकलाई रास्कोट नगरपािलकाकाले वडा नं. ३ का १६ घरधुरी लाई राहत वितरण गरेको नगर प्रमुख धर्मराज शाहीले बताउनु भयो
नगरपालिकाका विभिन्न वडामा ९१ वढी घरहरु पूर्णरुपमा क्षति भएका छन् । घरहरु भत्किएपछि लाखौंको धनमाल नष्ट भएको नगरपालिकाले तथ्यांक संकलन गरेको छ । नगरको तथ्यांङ अनुसार वडा नम्वर– ३ मा २८, वडा नम्वर ४ मा १८, वडा नम्वर ८ मा ७, वडा नम्वर– ५ मा ७, वडा नम्वर– ६ मा ५, वडा नम्वर–९ मा १२, वडा नम्वर– १ मा ४ र वडा नम्वर– ७ मा १० घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।
बाढी प्रभाबित क्षेत्रमा सुरूमा पुगेर राहात बितरण गरेका नगर प्रमुख शाहीले जनताको सुख दुख संग नगरसरकार रहने बताउनु भयो ।